काठमाडौैं– गाडीको कारोबारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका व्यापारी तेजकरण जैन जेल चलान भएका छन्। अदालतले मागेको धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएका हुन्।
गाडी खरिद बिक्रिको नाममा दर्जनौं व्यक्तिहरलाई ठगेको आरोपमा तीन साताअघि महानगरीय प्रहरी वृत्त कालिमाटीले उनलाई पक्राउ गरेको थियो। ठगी मुद्दामा अदालतले ३८ लाख ९० हजार रुपैयाँ धरौटी मागेको थियो। जरिवाना नतिरी उनी जेल चलान भएको कालिमाटी वृत्तका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए।
जैनले नेपाली सेनाका एक उपरथीलाई समेत ठगी गरेको स्रोत बताउँछ। उपरथीको गाडी किनेर पैसा नदिई उनले ठगी गरेका थिए।
तेज एण्ड करण इन्टरप्राइेजका संचालक जैन यसअघि पनि ५ पटक पक्राउ परीसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।