• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुनैनाको मिथिला चित्रयात्रा : जसलाई घुम्टोले छेकेन, घरको दिवारले रोकेन

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  ०५:५५
1140x725

जनकपुर- सानो हुँदा आमा, हजुरआमाले चित्र कोर्ने गरेको उनी खुब ध्यान दिएर हेर्थिन्। माटोको घरको भित्तामा बनाइएका मान्छे, हात्ती, चरा, फूलका चित्रले सधैं आकर्षित गर्थ्यो त्यही आकर्षणले उनलाई पनि मिथिला संस्कृतिसँग जोडिएको चित्रकला कोर्न रुचि बढ्यो।
 
यही रुचिले उनी १३ वर्षको हुँदै चित्र सिकाइदिने गुरुको खोजीमा घरबाट हिँडेकी थिइन्।

गाउँघरमा बनाइने माटाका हात्तीघोडा, कपडाका बेहुलाबेहुली र हाँसमयूरलाई सानै उमेरमा कागजमा उतारी साथीसंगातीदेखि गुरुसम्मलाई देखाउँथिन्। ती चित्रबाट स्याबासी पाउँदा उनी फुरुंग हुन्थिन्। 

'आमा-हजुरआमाको प्रभाव र चित्रप्रतिको मेरो रुचिले नै मलाई सफलता दिलायो,' कलाकार सुनैना ठाकुरले खुसी व्यक्त गरिन्, 'मिथिल चित्रकै कारण देश विदेशमा चिनिएकी छु। योभन्दा ठूलो सन्तुष्टि अरु के होला र!' 

सुनैना हाल जापानमा छिन्। उनको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भदौ २७ देखि सुरु भएको हो, जुन एक महिनासम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धि लगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्र रहेका छन्। प्रदर्शनीमा हस्तकलाका सामग्रीसमेत छन्। त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाल लगायत वस्तुहरु समेत प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेको उनले बताइन्।

OOO

२०६२ सालतिरको कुरा हो। सुनैनाले भर्खरै एसएलसी उत्तीर्ण गरेकी थिइन्। बिहापछि घुम्टोभित्र जेलिएर घरआँगनको आली नाघ्न कठिन हुने अप्ठेराका बीच उनी जनकपुरमा दुईदिने तालिममा सहभागी भइन्। 

भारतको दिल्लीबाट आएका कला प्रशिक्षकले तीन सय सहभागीलाई तालिमपछि चित्रकला प्रतिस्पर्धा गराए। बडो सजगतापूर्वक चित्रकारिताका सूक्ष्मातिसूक्ष्म कुरा जान्न खोज्ने सुनैना त्यस प्रतिस्पर्धामा पहिलो भइन्। यही सफलताले नै सुनैनालाई मिथिला चित्रकलाको विराट क्षितिजमा दह्रो पाइला उचाल्ने अवसर जुराइदियो। ‘यो अनपेक्षित सफलता थिएन तर पहिलो थियो, जसले मलाई बुहार्तनको एउटा नयाँ परिभाषाभित्र अटाउन मद्दत गर्‍यो,’ सुनैना भन्छिन्, ‘म घरबाहिर निस्केर आफ्नो सिर्जनायात्रामा अघि बढ्ने भइसकेकी थिएँ।’

Ncell 2
Ncell 2
nimb
nimb

कक्षा १० को पाठ्यक्रममा ‘मिथिला चित्रकला’ शीर्षकको पाठ पढेपछि उनलाई आफ्नो संस्कृतिसँग जोडिएको मिथिला चित्रकलाबारे अझ जान्ने र बुझ्ने रहर जागेर आयो। एसएलसीपछि उक्त चित्रकलाबारे पढ्ने वा ट्रेनिङ लिने केही संघ, संस्था वा कलेज छ कि भनेर सोधीखोजी गरिन्। तर अभिभावकका लागि छोरीको रहर र पढाइभन्दा महत्वपूर्ण जिम्मेवारी थियो विवाह।

मधेसमा छोरीका लागि देखिने सपना अवार्डहरु होइनन्, राम्रो ज्वाइँ र खानदानी परिवार हो। उनको परिवारमा पनि त्यस्तो हुनु स्वाभाविक नै थियो। खेल्नेखाने र पढ्ने १४ वर्षकै उमेरमा उनी महोत्तरीको सुगा निवासीसँग विवाह बन्धनमा बाँधिइन्। कलिलै उमेरमा बिहेबारी हुने मैथिल र त्यसमा पनि समुदायको रिवाजका कारण अन्माइएकी सुनैनाको कलायात्रा झन्डै त्यसपछिका दिनमा अवरुद्ध भयो। तर अन्तरमनको ऊर्जाले भने उनलाई चैनले बस्न दिएन।

केही गर्नैपर्ने उनको आकांक्षा दुई वर्षपछि अझै बढेर आयो र, उनी आफ्नो कलायात्रालाई निरन्तरता दिने टुंगोमा पुगिन्। त्यस अवधिमा उनले चित्रांकन गर्ने आफ्नो खुबीलाई ‘बेडसिट, पर्दा र तकियाको खोल आदि’ मा प्रयोग गरिरहिन्। कलायात्रालाई नयाँ ढंगले थालनी गर्ने ध्याउन्नमा रहेकी सुनैनाका लागि एउटा तालिम जीवनको सबैभन्दा सुन्दर मोड बन्यो।

यसपछि सुनैनाको जीवनसँग जोडियो ‘सर्च फर कमन ग्राउन्ड’। घरपरिवारलाई निकै प्रयत्नले मनाएर उनी त्यस संस्थाद्वारा जनकपुरधाममा आयोजित महिला नेतृत्व सम्बन्धी तालिममा सहभागी भइन्। चारदिने यो आवासीय तालिमका लागि रातदिन घरबाहिर बस्नुपर्ने चुनौती थियो। तर उनको आँट र जिद्दीले यो सम्भव भएको थियो।

आयोजक संस्थाकी मीना शर्माले तालिमका क्रममा सुनैनाका सपनाका कुरामात्र गरिन्। उनकै हौसलाले सुनैनाले आफ्नो सपना पछ्याउन कुनै कसर बाँकी नराख्ने प्रण गरिन्।

यसरी पढाइदेखि अन्य सामाजिक कार्यबाट छोरी र अन्य महिलालाई पर राखिने मधेसी समुदायमा पनि सुनैनाले चाहि पढ्न पाएकी थिइन्। जसका कारण उनले मधेसी समुदायमा आजसम्म पनि व्याप्त लैङ्गिक असमानता र महिला हिंसा विरुद्ध र आफ्नो हक, अधिकारका लागि बोल्नुपर्छ आवाज उठाउनुपर्छ भन्ने सिकेकी थिइन्।

तालिमपछि गाउँ फर्केकी उनले संस्थाले दिएको १० हजार रुपैयाँबाट गाउँकै महिलालाई नेतृत्वसम्बन्धी तालिम दिइन्, चित्रकारिता सिकाइन्। दुईदिने त्यस तालिमबाट उत्पादित सामग्रीको गाउँमै प्रदर्शनी गरिन्। गाउँबाट जिल्ला सदरमुकामसम्म पुग्यो यस्तो प्रदर्शनी। प्रदर्शनी हेर्न आउनेहरूले निकै चासोका साथ सामग्री किनमेल गरे।

यसरी चित्रकला फाँटमा काम तीव्र बनाइरहेका बेला सुनैनालाई एउटा इमेल प्राप्त भयो, जसमा महिला नेतृत्वसम्बन्धी ‘कन्टेन्ट’ झल्किने गरी चित्रकला बनाउन अनुरोधसहित शान्ति पुनर्स्थापनामा काम गरिरहेका आठ विदेशी महिला आएर तिनको अवलोकन अध्ययन गर्ने जनाउ दिइएको थियो। निर्धारित समयमा ती महिला सुनैनाको गाउँमा पुगे। र, विषयगत तालिमका लागि मिथिला चित्रकला बोकेर फर्के। सुनैनाको अनुभव छ, ‘ती चित्रहरू साँच्चिकै शान्ति पुनर्स्थापना तथा महिला नेतृत्वबारे तालिम दिन उपयोगी भए।’

त्यसपछि उनी रहर पूरा गर्ने अधिकारका लागि बोल्न सक्ने भइन्। बाबाआमा मात्र नभएर विवाह गरेर गएको परिवारबाट पनि राम्रो साथ र सहयोग मिल्यो। महिलाको लागि लागू हुने नियममा उनी चलिनन्। उनले आफ्नो लागि आफैं बाटो बनाइन्। समाजले बनाएको इज्जत र प्रतिष्ठाको परिभाषालाई बदल्ने अठोट राखिन्। सुनैना भन्छिन्, ‘आफ्नो लागि परिवार फकाउन सक्नु आफ्नै दायित्व हो। परिवारको साथ मिलेपछि अन्य कुराको डर हुँदैन।’

OOO

सन् २००७ बाट चित्रकला सुरु गरेकी सुनैनाले मिथिला चित्रकलाको अध्ययन चाहिन्। जसका लागि रङहरुको सम्मिश्रण, चित्रले दिने सन्देश, चित्रमा प्रयोग हुने प्राकृतिक रङबारे बुझ्न आवश्यक थियो। उनले नेपालमा मिथिला संस्कृति र चित्रकलाको उत्थानबारे जति कुरा भए पनि यसको बजारीकरण नहुनु र सिकाउने संस्थाहरु समेत नरहेको गुनासो गरिन्। 

उनी सन् २०१० मा श्रीमान् शम्भु ठाकुरको सहयोगमा भारतको जितवारपुर पुगेर त्यहाँकी मिथिला चित्रकार कल्पना सिंहसँग आफूलाई तालिम दिनको लागि आग्रह गरिन्। ‘सुरुमा त नेपालबाट आएको भनेर उहाँले मेरो अनुरोधलाई त्यति चासो दिनुभएन तर पछि मेरो काम देखेर खुसी हुनुभयो,' उनले सम्झिइन्, 'उहाँबाट नै प्राकृतिक रङहरु बनाउने र प्रयोग गर्ने तालिम लिएँ।'

श्रीमान् र सासूको अनुमतिले नै उनि अहिले देश विदेशमा समेत आफ्नो कलाको माध्यमबाट आफ्नो गाउँठाउँको पहिचानलाई समेत शिखरमा पुर्‍याउन सफल हुंदै छिन्।

चित्र त आफैले बनाउने कुरा हो। पहिला दिमागमा चित्र सिर्जना गर्न र त्यसैलाई क्यानभासमा उतार्न सक्नु चित्रकारको विशेषता मानिन्छ। त्यसैलाई निखार्न र सही रंग र ढंग प्रयोग गर्न भारतको १५ महिने बसाइले उनलाई धेरै सघायो।

‘पहिले मेरो काम गर्ने उत्साह र चित्रकलालाई व्यावसायिक बनाउने जोसलाई गलत व्याख्या गर्नेहरु पनि आज आफ्ना छोरीलाई चित्रकार बनाउन चाहन्छन्। म ती आमाबुवा देखेर निकै खुसी हुन्छु,’ यसो भन्दा उनलाई गर्वबोध हुन्छ।

संस्कृतिको उत्थान र प्रवर्द्धन, चित्रकलामार्फत नयाँ पुस्तालाई लोप हुँदै गएको संस्कृतिको ज्ञान हस्तान्तरण, मिथिला चित्रकलामार्फत महिला सशक्तिकरण र लैङ्गिक समानताको सन्देश उनका मुख्य उद्देश्यहरु हुन्।

उनी चाहन्छिन्, आफ्नो समुदाय, समाजको महिलाहरुले सांकृतिक प्रवर्द्धनका लागि भूमिका खेलून्। जसका लागि मिथिला चित्रकला बलियो माध्यम बन्ने उनको बुझाइ छ। साथै मिथिला चित्रकलालाई माध्यम बनाएर महिला मात्र नभएर कुनै पुरुषले पनि व्यक्ति, परिवार, समाज र देशमा आर्थिक, सामाजिक परिवर्तनको लागि भूमिका निर्वाह गर्न सक्ने विश्वास सुनैना राख्छिन्।

OOO

सन् २०१६ मा न्युयोर्कमा उनमो पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी भएको थियो। उनले पहिलोपटक आफूले गर्दै आएको कामप्रति सर्वाधिक गर्व महसुस गरेको त्यही बेला थियो। ‘यो चित्रकला कसले बुझ्ला र भन्ने लागेको थियो। तर नेपाली तथा मिथिला संस्कृति झल्काउने चित्रकलाको सम्मान र ती चित्रकलाले बोक्ने गम्भीर सन्देशको खोजी देखेर म निकै खुसी भएँ,’ उनी सुनाउँछिन्।

यद्यपि नेपालमा मिथिला चित्रकलाले जुन किसिमले बजार पाउनुपर्ने त्यो नदेखेर सुनैना थोरै खिन्न मान्छिन्। उनले क्यानडा, फिलिपिन्स, अमेरिका, क्यानडा, युरोपमा उनको चित्रहरुको बजार राम्रो भएको अनुभव गरेकी छन्। ‘म एक जना र मसँग काम गर्ने ६, ७ जना महिला त मिथिला चित्रकलाले दिएको आम्दानीसँग खुसी होलान्। तर सयौँ महिला छन् जसको चित्र बजारसम्म पुग्न सकेको छैन,’ भन्छिन्, 'मिथिला चित्रकलाको प्रचार र उत्थानका लागि सरकारी निकाय र अन्य समुदायको पनि साथ र सहयोग आवश्यक छ।’

ग्रामीण महिला विकास र सशक्तिकरणका लागि काम गर्न चाहने सुनैना आफूले चित्रकला सिकाएका सयौं महिलाले मिथिला चित्रकलाको लागि बजार र हौसला पाएको हेर्न चाहन्छिन्। उनी आफू सफल हुनुलाई समुदाय सफल भएको मान्न तयार छैनन्। उनी भन्छिन् , ‘मैले पाएको पुरस्कार, सम्मान त्यस समय गरेको कामको लागि हो। जसलाई म निरन्तर अघि बढाउन चाहन्छु।’

समुदायले तोकेको घेरा बाहिर सांस्कृतिक महत्व बोकेको चित्रकला कोर्ने साहसले अहिले सुनैनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारको हकदार बनाएको छ। त्यति बेला उनले पाएको पुरस्कारले दिएको चर्चा, सम्मान, हौसला भने सबैलाई स्वीकार्य भएको छ। उनले ‘एन पिस अवार्ड २०१२’, अमेरिकाको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, ‘सफल महिला उद्यमी अवार्ड २०७३’ र ‘ललितकला विशेष पुरस्कार २०१७’ हात पार्न सफल भई सकेकी छिन्।

मिथिला कलामार्फत महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्‍याएबापत उनले केही दिनअघि मात्रै ५० हजार रुपैयाँको संगति ग्रान्ट अवार्ड प्राप्त गरेकी थिइन्। 

अमेरिका, श्रीलंका, भारतमा समेत एकल तथा सामूहिक चित्रकला प्रदर्शनी गरिसकेकी सुनैनाले जनकपुरधामको जानकी मन्दिर प्रांगणमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आएकी छिन्। काठमाडौंको ठमेलमा समेत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालनमा छ। पोखरा, जलेश्वरमा समेत सामूहिक र एकल चित्रकला प्रदर्शनी गरिसकेकी छिन् उनले।

सुनैनाको सफलता र प्राप्त पुरस्कारबीचको अवधिमा गरिएको संघर्ष पनि उतिकै छ। यसबीचमा उनले मिथिला चित्रकला चिनाउन र चित्रकलामार्फत चिनिन गरेको मेहनत पनि उतिकै ठूलो छ।

सुनैनाले प्राय: महिलाको जीवनशैली, परिवर्तित रुप र भूमिका, मातृ स्नेह, प्रकृति र महिला सशक्तिकरण सम्बन्धित चित्रहरु प्रदर्शनमा राख्ने गर्छिन्।

OOO

मिथिलाञ्चलको लोकजीवन र व्यवहार झल्काउने कला नै मिथिला चित्रकलाको पृष्ठभूमि हो। जसमा धार्मिक, आध्यात्मिक र लौकिक तथा परलौकिक अनुभव समेटिएका हुन्छन्। फरकफरक ढंगका चित्रांकनबाट ऐश्वर्य, आरोग्य र सुखशान्तिको कामना गरिने यो कलामा आजका दिनमा सिद्धहस्त हुन सफल भइन् सुनैना।

स्नातकोत्तर सुनैनाले देशीविदेशी कलाकारका बीचमा आफूलाई अब्बल साबित गरिसकेकी छिन्।

सर्लाही र महोत्तरीका गाउँबाट उठेका सुनैनाका कदम अझै अथक र अविश्रान्त भएर अघि बढ्दैछन्। उनका कृतिमा प्रतीक र संकेतले बनेका जीवनदृश्य छन्, जसले सिंगो जीवनकथा प्रस्ट पार्छन्। ती कथामा उनी पनि एउटा पात्र हुन्।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्