नेपाल टेलिकमको अफर : एक सय रुपैयाँमा ३ जिबी डाटा प्याक

नेपाल लाइभ | २०७६ असोज १ बुधबार | Wednesday, September 18, 2019 १७:१२:०० मा प्रकाशित

काठमाडौं– संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ। 

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो। 

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ। यस योजनामा सहभागी हुनका लागि *1415*3# डायल गर्नुपर्छ। यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ।