काठमाडौं- एमालेबाट प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल बन्ने पक्का भएको छ। शुक्रबार बिहान भएको निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई हराउँदै प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खोलेका हुन्। संसदीय दलको नेता बन्न पौडेलले ३४ मत ल्याउँदा शाक्यले २४ मत प्राप्त गरिन्।
दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश ३ को सरकारको नेतृत्व पौडेलले गर्नेछन्।
पौडेल एमालेभित्र संस्थापन पक्षका नेता हुन्। ओली निकट पौडेलले अन्तिम समयमा आएर दलको नेतामा उम्मेदवारी दिएका थिए।
प्रदेश ३ मा नेता माधव नेपाल पक्षको बहुमत भए पनि आन्तरिक समीकरणमा ओली पक्षले बाजी मार्दा पौडेलले मुख्यमन्त्री पद सुनिश्चित गरेका हुन्।
प्रदेश ३ को सभामुखको निर्वाचन भोलि हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।