काठमाडौं– समाजवादी पार्टी नेपालले ४० सदस्यीय विज्ञपरिषद् गठन गरेको छ।
उनीहरुले 'थिंक ट्यांक'का रुपमा काम गर्ने मंगलबार सो पार्टीले बताएको छ।
परिषद्मा योजना आयोगका पूर्व सदस्य डा पुष्पराज राजकर्णिकार प्रमुखका रुपमा चयन भएका छन्।
त्यस्तै समावेशीताका विज्ञ थता अभियन्ता ज्योति दनुवार सचिव चयन भएको सो पार्टीले जनाएका छन्।
तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच गत बैशाखमा एकता भई समाजवादी पार्टी गठन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।