• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरी ज्यादतीको यो रुप : एउटै व्यक्तिलाई पटक-पटक सार्वजनिक अपराध मुद्दा लगाउँदै थुन्दै 

64x64
नेपाल लाइभ शुक्रबार, माघ २६, २०७४  ०४:०१
1140x725

नेपालगन्ज- प्रहरीले सर्वसाधारण र पहुँच नभएकाहरुलाई कसरी सताउँछ भन्ने एउटा घटना बाहिर आएको छ।

घर बनाउने मिस्त्री काम गर्ने नेपालगञ्ज–८, भैरवगञ्जटोलका रघुराज बेलदारलाई नेपाल प्रहरीले आफ्नो अधिकारको चरम दुरुपयोग गर्दै सास्ती दिँदै आएको छ। बेलदारलाई तीन महिना बाँके, काठमाडौं, भक्तपुर हुँदै फेरि बाँकेमा पुर्‍याएर ‘प्रहरीलाई हातपात र गाजीगलौज’ गरेको आरोप लगाउँदै सार्वजनिक अपराध मुद्दा लगाएर दुःख दिएको छ। 

प्रहरीले उनी विरुद्ध कुनै ठूलो अपराधमा संलग्नता भएको प्रमाण फेला पार्न नसके पनि दु:ख दिने नियतले पक्राउ गर्दै सार्वजनिक मुद्दा लगाउँदै थुन्ने र छुटे लगत्तै फेरि पक्राउ गरेर मुद्दा दर्ता गर्ने गरेको पाइएको छ।

घटना १ 

नेपालगन्जस्थित घरमा बसिरहेका रघुराजलाई कात्तिक २० गते बिहान आठ बजे सादा पोशाकका प्रहरीले 'हाकिम सापको घर बनाउनु छ' भनेर मोटरसाइकलमा राखेर बिपी चौक र त्यसपछि गाडीमा हालेर  खजुराको नजिकैको मानपुर प्रहरी  कार्यालयमा पुर्‍याएर कुटपिट गरे। गाडीमै हालेर कोहलपुर पुर्‍याए। सोही दिन साँझ तीन जना प्रहरीले बसमा चढाएर भोलिपल्टै काठमाडौं पुर्‍याए।

काठमाडौं पुगेपछि महानगरीय वृत्त महाराजगन्जले कात्तिक २१ गते प्रहरीलाई हातपात र गाजीगलौजको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराधमा  मुद्दा चलायो।

मंसिर ५ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले रघुराजसँग १५ हजार धरौटी माग माग्यो। धरौटी तिर्न नसकेर उनी कारागार पुगे। १८ गते रघुराजका परिवारले धरौटी बुझाएपछि उनी रिहा हुन नपाउँदै सादा पोशाकका प्रहरीले प्रशासन कार्यालय परिसरबाटै नियन्त्रणमा लिए। 

Ncell 2
Ncell 2
nimb
nimb

घटना २ 

जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसरबाट पक्राउ गरिएपछि उनलाई  महानगरीय प्रहरी परिसर भक्तपुर लगियो। परिसरले सोही दिन (१८ गते) उनी विरुद्ध सार्वजनिक मुद्दा चलायो।

मंसिर १९ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक हजार रुपैयाँ धरौटी माग्यो। रघुराज त्यो पनि तिर्न नसकेर कारागार पुगे। २१ गते एक हजार रुपैया धरौटी तिरे। रकम बुझाए पनि भक्तपुरबाट थुनामुक्त गरिएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना ३

अदालतले २६ गते २४ घन्टाभित्र बन्दीसहित उपस्थित हुन आदेश गर्‍यो। तर, अदातलमा उपस्थित गराउनुको साटो महानगरीय प्रहरी परिसर भक्तपुरले रघुराजलाई सादा पोशाकका तीन जना प्रहरीसहित २५ गते राति नै बस मार्फत बाँकेको कोहलपुर पुर्‍यायो।

कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले फेरि रघुराजलाई मंसिर २६ गते सार्वजनिक अपराधमा  मुद्दा चलायो। माघ ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेले उनीसँग तीन हजार रुपैयाँ धरौटी माग गर्‍यो। 

धरौटी रकम बुझाएपछि छुटे लगत्तै प्रहरीले फेरि पक्राउ गरेर कहाँ लगेर फेरि मुद्दा चलाउला भन्ने डरका कारण रघुराज धरौटी नतिरी बाँके कारागार गए। रघुराजका आफन्तले प्रहरीले अनावश्यक रुपमा पक्राउ गर्दै मुद्दा चलाएर दु:ख दिने गरेको जनाउँदै अन्तरिम आदेशसहित निषेधाज्ञा लगायत उपयुक्त आदेशको माग गर्दै उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा रिट दायर गरे।

अदालतका न्यायाधीश गोपालप्रसाद भटटराईको इजलासले धरौटी रकम राखेपछि आफन्त र कानुन व्यवसायीको रोहबरमा छाडिदिन आदेश गरेको छ। रघुराजलाई जिल्ला प्रशासन कार्यालय बाँकेले रिहा गरेपछि उनी बिहीबार घर फर्किएका छन्। प्रशासनबाट रिहा भए पनि फेरि प्रहरीले पक्राउ गर्ने  हो कि भन्ने आशंका भने कायमै रहेको उनले बताए।

यस कारण दु:ख दियो प्रहरीले

रघुराजका अनुसार, करिब १७/१८ वर्षअघि नेपालगन्जको फुलटेग्रामा होली खेल्ने क्रममा स्थानीय  निशान्त श्रीवास्तवका बुवासँग रघुराजको झगडा भयो। झगडाले उग्र रुप लिएपछि कुटपिट पनि भयो। तर, स्थानीय बासिन्दाले छुट्याएपछि घटना त्यत्तिकै साम्य भयो।

फुलटेग्राका तिनै निशान्त श्रीवास्तव अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा प्रहरी निरीक्षकको रुपमा कार्यरत छन्। १७/१८ वर्ष पुरानो घटनाको रिस फेर्न प्रहरी निरीक्षक श्रीवास्तवकै योजना अनुसार आफूलाई  पक्राउ गरी विभिन्न ठाउँमा मुद्दा लगाएर दु:ख दिइएको रघुराजले बताए।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुट्न लागेका बेला प्रहरी निरीक्षक श्रीवास्तव पनि त्यहाँ पुगेका थिए। श्रीवास्तवले घर पुर्‍याइदिन्छु भन्दै आफूलाई भक्तपुर लगेर अर्को मुद्दा लगाएको उनले बताए। प्रहरी निरीक्षक श्रीवास्तवसँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँटका नायव निरीक्षक सुरेन्द्र पन्तले भने बाँकेको पार्वतीपुरमा सादा पोशाकमा रहेका प्रहरीसँग विवाद भई कुटपिट पनि गरेको घटनामा प्रहरीको प्रतिवेदनको आधारमा कार्यालय प्रमुखले रघुराजमाथि सार्वजनिक मुद्दा चलाएको बताए।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  ०४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्