• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कहिले आउला द्वन्द्वबाट विस्थापित भएकाहरुको घर फर्किने दिन?

द्वन्द्वपीडितको आशंका- पीडक सरकारमा भएर सत्य दबाइएको हो कि!
64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  ०८:२८
1140x725

रोल्पा- द्वन्द्वमा विस्थापित रोल्पा जेल्वाङका ७५ वर्षीय टिकाराम पुन अझै घर फर्किएका छैनन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा विस्थापित भएका उनी श्रीमतीसँगै सदरमुकाम लिवाङ बस्दै आएका छन्।

ज्यालामजदुरी गरेर दुई छाक टार्दै आएका उनी के कारणले आफ्नै घरबाट निकालिए, अझैसम्म जवाफ पाएका छैनन्। अहिले त आफू विस्थापित भएको मितिसमेत याद छैन उनलाई। तर, आफू जन्मेकै भूमिमा मर्ने चाहना भने कायम छ।

०००

आफूलाई विद्रोही माओवादीले मार्ने सुराक पाएपछि श्रीमती र छोरीछोरी लिएर रातारात घर्तीगाउँबाट लिवाङ झरेका रणसिंह दमाईको अवस्था पनि टिकारामको जस्तै छ। उनमा पनि घर फर्किने इच्छा त छ तर घर भग्नावशेषमा परिणत भएको छ।

२०५७ सालदेखि लिवाङ बस्दै आएका उनको परिवार ११ जनाको छ। विस्थापित हुनुअघि घर्तीगाउँ बजारमा व्यापार गरेका बसेका उनले लिवाङ आउँदा पसल र घरका कुनै पनि सामान ल्याउन पाएनन्। बरु उनी विस्थापित भएको थाहा पाएपछि माओवादीहरुले उनको घरमा आगो लगाएर सवै सामान जलाइदिएका थिए।

०००

रोल्पा स्युरीकी हस्ती बुढा २०५९ साल मंसिरदेखि सदरमुकाममै छिन्। श्रीमान, २ छोरा र १ छोरीसँगै घर भाडामा लिएर बस्दै आएकी उनी त्यसपछि स्युरी फर्किएकी छैनन्।

२०५८  चैत्र १६ गते तत्कालीन विद्रोही माओवादी र शाही सेनाबीच स्युरीमा दोहोरो भिडन्त भयो। उनकी १४ वर्षिया छोरी नन्द बुढासहित अन्य ४ जनाले बारीमा आलु रोपिरहेका थिए। शाही सेनाले उनीहरुलाई ताकी-ताकी गोली हानेको दृश्य अझै पनि उनको आँखामा आइरहन्छ। बारीमा काम गरिरहेका नन्दसहित ४ जना घटनास्थलमै मारिए। त्यसपछि सुरु भए हस्तीका दुःखका दिन।

Ncell 2
Ncell 2

०००

द्वन्द्वका क्रममा विस्थापित भई लिवाङ बसिरहेकाहरुमध्ये टिकाराम, रणसिंह र हस्तीको परिवार प्रतिनिधि पात्र मात्रै हुन्। सशस्त्र युद्धमा सबैभन्दा बढी प्रभावित रोल्पामा यस्ता विस्थापितको संख्या उल्लेख्य छ। राज्य र विद्रोही पक्षको दबाबमा परि ७ सय ३६ घरधुरीका ३ हजार ५ सय जना विस्थापित भएको द्वन्द्वपीडित सरोकार केन्द्र रोल्पाले जनाएको छ।

दुवै पक्षको दबाबमा परि यति ठूलो संख्यामा विस्थापित भए पनि १ हजार ११ व्यक्तिको मात्र राहत पाउनेगरी सूचीमा नाम उल्लेख रहेको द्वन्द्वपीडित सरोकार केन्द्र रोल्पाका अध्यक्ष मानसिंह घर्तीले बताए।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्धारा गठित 'द्वन्द्वबाट प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल'ले विस्थापितको विवरण पठाउँदा विभेद गरेको घर्तीले आरोप लगाए। 'राजनीतिक आस्थाको आधारमा एक पक्षीय ढंगले सिफारिस भएको छ,' घर्तीले भने, 'द्वन्द्वमा विस्थापित भएर हालसम्म पनि कष्टपूर्ण जीवन बिताउन बाध्य भएकाहरुलाई विभेद गरी टाठाबाठाको नाम मात्रै सिफारिस गरिनु दुःखद हो।'

घर फर्कनका लागि उपलब्ध गराइएको रकम अपुग
रोल्पाका गाउँ क्षेत्रमा रहेका घर लामो समयदेखि खाली छन्। स्याहारसम्भार नहुँदा त्यस्ता घर भंगनावशेषमा परिणत भएका छन्। घर भत्किनुका साथै जग्गासमेत बाँझो भएकाले पुनः खेतीपाती गर्न पनि मुस्किल रहेको विस्थापितहरु बताउँछन्। त्यसकारण पनि बजार क्षेत्रमा ठूलो संख्यामा रहेका द्वन्द्वपीडितहरु अझै गाउँघर फर्केका छैनन्।

घर फर्कनका लागि भन्दै सरकारले प्रतिघरमुली १५ हजार रुपैयाँ र प्रतिसदस्य ७ हजार रुपैयाँका दरले राहत दिए पनि उक्त रकमले घर निर्माण र मर्मत गर्न अपुग भएपछि धेरैजसो पीडितहरु घर फर्किन नसकेको द्वन्द्वपिडित सरोकार केन्द्र रोल्पाका पूर्वअध्यक्ष पुर्णे पुन बताउँछन्।

'फर्किएर घर बनाउन सक्ने नदेखिएपछि सदरमुकाम तथा अन्य बजार क्षेत्रमा ज्यालामजदुरी गरेरै जीविका धानिरहेका छौं,' पूर्वअध्यक्ष पुनले भने, 'हरेक परिवारलाई थप २० हजार रुपैयाँ उपलब्ध गराउने भनिएको थियो, तर अहिलेसम्म दिइएको छैन।'

जसले आफैं उम्मेदवार भएर पनि प्रचण्डलाई भोट हाले...
विस्थापनसँगै आफ्नो घरमा आगो लगाइएका कारण सबै सम्पत्ति नष्ट भएको रोल्पा घर्तीगाउँका विस्थापित रणसिंह दमाईले बताए। 'सम्पत्तिको नाममा घर्तीगाउँमा एउटा घडेरी छ। अव कसरी बाँच्ने?,' भक्कानिदै दमाईले भने। विस्तृत शान्ति सम्झौतापछि पुनर्स्थापनाका लागी भन्दै सरकारले दिएको भनिएको प्रतिव्यक्ति ७ हजार रुपैयाँ राहत पनि आफ्नो परिवारले नपाएको दमाईले गुनासो गरे।

२०६४ सालको संविधानसभा निर्वाचनमा राप्रपाको तर्फबाट समानुपातिकतर्फ उम्मेदवार बनेका उनले प्रत्यक्षतर्फ भने हाल नेकपा अध्यक्ष रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मतदान गरेको बताए। 'माओवादी शान्ति प्रक्रियामा आयो भने जनताले सुख पाउलान् भनेर दाहाललाई भोट हालेको थिए,' उनले स्मरण गरे, ' तर, सोचेजस्तो तरिकाले देश अगाडि बढ्न सकेन। ज्यादै दुःख लागेको छ। बस्ने बास र खाने गासको ठेगान नभएपछि कसरी घर फर्कने?'

विद्रोहीको दबाबमा परि घर छोडेकामध्ये अधिकांश सदरमुकाम लिवाङ, दाङ, बाँके, काठमाडौं लगायतका स्थानमा बसोबास गरिरहेका छन्। उनीहरुमध्ये अधिकांशले ज्यालामजदुरी गरेरै दैनिकी चलाइरहेका छन्। कतिपय भने वैदेशिक रोजगारीमा गएको बताइएको छ।

जिल्लामा द्वन्द्वका कारण आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपमा ठूलै असर परेको थियो। जसको पूर्ति अझै हुन सकेको छैन। द्वन्द्व भुल्दै बिस्तारै सामान्य अवस्थामा फर्कंदै गरेका यहाँका जनता फेरि द्वन्द्व बल्झने भयले त्रसित छन्। द्वन्द्व नफर्कने गरी राज्यले असन्तुष्ट पक्षका माग सम्बोधन गर्नुपर्ने बताउँछन् एक द्वन्द्वपीडित देवविक्रम शाह।

द्वन्द्वलाई ख्यालठट्टाको विषय बनाउन नहुने शाहको मत छ। २०५२ बाट सुरु भएको दश वर्षको द्वन्द्वले धेरै पाठ सिकाएको बताउँदै उनले वार्ता र संवादबाटै यसको हल खोज्नुपर्ने सुझाए।

द्वन्द्वपीडितको आशंका- पीडक सरकारमा भएर सत्य दबाइएको हो की!
द्वन्द्वपीडितहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा सत्यतथ्य थाहा पाउन दिएको निवेदन कहाँ पुग्यो भन्ने कौतुहलता समेत उत्तिकै छ। उजुरी नै पिडकको हातमा पुगेर सत्य दबाइएको हो की भन्ने शंका बढ्न थालेको समेत उनीहरु बताउँछन्।

'सम्पत्ति पनि लुटे, आफन्तको हत्या पनि गरे, हामी पीडितले राहत पाउनुको साटो पिडकले नै राहत पाएका छन्,' द्वन्द्वपीडित तथा विस्थापितको एउटै स्वर छ, 'वास्तविक द्वन्द्वपीडितको बोलिदिने कोही छैन, त्यही भएरै राज्यबाट न्याय पाउन मुश्किल परेको होला।'

द्वनद्व सकिएको १३ वर्ष नाघ्यो, उनीहरुका मागहरु अझै सम्बोधन भएका छैनन्। अझै पनि उनीहरुले आश मारेका छैनन्। 'आखिर हामीले न्याय खोज्ने त सरकारसँगै न हो,' पीडितहरु भन्छन्, 'त्यतिबेला किन घरमा बस्न दिइएन? किन सम्पत्ति लुटपाट भयो, त्यसको जानकारी त पाउनु पर्‍यो नि?'

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्