काठमाडौं– हेमराज बिसी निर्देशित फिल्म ‘घामड शेरे’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका लिड एक्टर निश्चल बस्नेत फिचर्ड छन्।
पात्रको कथा बोक्ने यो फिल्ममा निश्चल नै ‘घामड शेरे’को भूमिकामा छन्। पोस्टरमा उनको ‘शेरे’ लुक्स देख्न सकिन्छ। सोसियल कमेडी विधामा बनेको यो फिल्ममा निश्चलसँगै स्वस्तिमा खड्का पनि प्रमुख भूमिकामा छिन्। निश्चल र स्वस्तिमा रियल लाइफका पनि जोडी हुन्। फिल्ममा भने उनीहरु पहिलोपल्ट यही फिल्मबाट सँगै देखिँदैछन्।
यो फिल्मको कथा र पटकथा पनि निर्देशक बिसीकै हो। फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको लगायत कलाकारको समेत अभिनय छ। अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको बताइएको छ। फिल्म कार्तिक ८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।