• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाँके घटनाले आक्रोशित कांग्रेस- अरिंगाल र मण्डले एकै हुन् कि फरकफरक?

64x64
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६  १३:५९
1140x725

काठमाडौं– बाँके घटनाका विषयमा प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापा बादलमाथि कांग्रेस सांसदहरुले प्रश्नको वर्षा गरेका छन्।

उनीहरुले संसदमा गृहमन्त्री थापा बादलले ढाँटेको बताएका छन्। 

संसद सुरु हुनासाथ कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले समय लिएर बोलेका थिए।

उनले बाँके घटनाबाट आफूहरु विचलित नहुने बताए।

खाँडले गृहमन्त्रीको जवाफ माग गरे। 'गृहमन्त्रीले जवाफ दिनुभयो र हामीलाई चित्त बुझ्यो भने सदन चल्ला, नभए सदन चल्ने अवस्था हुँदैन', उनले भने।

खाँडको जवाफपछि गृहमन्त्रीले जवाफ दिएका थिए।

कार्यक्रमको पूर्व जानकारी प्रहरी प्रशासनलाई नदिए पनि घटनापछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको गृहमन्त्री थापाले जानकारी दिए।

उनले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको र केहीको खोजी कार्य चलिरहेको थापाले बताए। उनले दोषीलाई कारबाही गरिने बताए। 'जो सुकै होस्, कानुन मिच्नेलाई कडा कारबाही गर्न हामी दृढ छौं', गृहमन्त्री थापाले भने।

nimb
nimb
Ncell 2
Ncell 2

उनले यस किसिमको कार्यक्रम गर्दा प्रशासनलाई पूर्व जानकारी दिन गृहमन्त्रीले आग्रह गरे।

उनले घटनालाई राजनीतिक नगर्न आग्रह गरे।

गृहमन्त्रीको जवाफपछि पनि खाँडले प्रतिप्रश्न गर्दै घटनाप्रति सरकार गम्भीर नभएको बताए।

त्यस्तै, दिलेन्द्र बडुले सरकारले घटनालाई राजनीतिकरण गरेको आरोप लगाए। उनले घटनामा नेकपाका तर्फबाट वडाध्यक्ष नै रहेको बताए।

पुष्पा भुसालले अन्य व्यक्तिको नाम लिएर नेकपाको कार्यकर्ता जोगाउन गृहमन्त्री लागिपरेको बताए।

त्यस्तै, अमरेश कुमार सिंहले बाँके घटना लोकतन्त्र र सभ्य समाजको लागि हमला भएको बताए।

प्रकाश रसाइलीले पार्टीले दिएको किटानी जाहेरी दिएको व्यक्तिको नाम नलिएर अन्य व्यक्तिको नाम लिएर गृहमन्त्रीले झुक्याएको आरोप लगाए।

रामबहादुर बिष्टले पञ्चायतकालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अगाडि सारिने गरेको सम्झाए। 'अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अगाडि सारिँदैछ। अरिंगाल र मण्डले एकै हुन् कि फरकफरक हुन्?', उनले भने।

त्यस्तै गगन थापाले सरकारले तथ्यलाई तोडमोड गरेको आरोप लगाए। 

बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा नेकपा कार्यकर्ताले कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरेका थिए। आक्रमणबाट हातमा चोट पुगेको थियो।

सांसदहरुको प्रश्नपछि जवाफ दिँदै गृहमन्त्री थापाले सरकारले घटनालाई सामान्य रुपमा नलिएको बताए।

कुनै पार्टीले निर्णय गरेको घटना नघटेको बताए। 'संलग्नहरु नेकपाको कार्यकर्ता हुनसक्छन्। तर उनीहरुलाई पार्टीले निर्णय गरेर पठाएको होइन', उनले भने।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली मदन–आश्रितको ३३ औँ स्मृति दिवस अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्– '३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद... आइतबार, जेठ ३, २०८३
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । आइतबार, जेठ ३, २०८३
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ ।  अन्य स्थानमा मदन–आश्रि... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली आइतबार, जेठ ३, २०८३
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै आइतबार, जेठ ३, २०८३
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्