• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मापदण्ड विनाका सडक : पहिरोको मुख्य कारक

विकासभन्दा विनाश बढी, पहिरोमा पुरिएर ६ को मृत्यु
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  २०:२२
1140x725

रोल्पा- अघिल्लो वर्षायाममा रोल्पाको रुन्टीगढी गाउँपालिका सखीमा गएको पहिरोमा १ घर पुरिँदा सुत्केरी महिलासहित ३ जनाको ज्यान गयो। घरमाथि सडकबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो।

सोही वर्ष सुनिल स्मृति गाउँपालिका-७ अरेशमा गएको पहिरोमा परी गोठमा सुतिरहेका ३ जनाले ज्यान गुमाए। सडकसँगै सटेको गोठ पहिरोमा पुरिँदा उनीहरुले ज्यान गुमाएका थिए। 

यस वर्ष समेत यो क्रम रोकिएको छैन। भाद्र १८ गते सुनछहरी गाउँपालिका-१ फुलिवनका १४ वर्षीय शुकबहादुर घर्तीको पहिरोले च्यापिएर ज्यान गयो। तीजको नाच हेरेर भाद्र १८ गते बिहान घर फर्कँदै गरेका घर्ती एक्कासी पहिरोमा परेका थिए।  बिहानै पहिरोमा परेका घर्तीलाई दिउँसो मात्रै उद्धार गरिएको थियो। 

स्थानीय फुलिवन बजारमा सुतेर बिहानै घर जान हिँडेका उनी फुलिवन नजिक रहेको झंकी खोलाबाट आएको पहिरोमा परे पनि घटनाको जानकारी दिउँसो मात्रै भएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटना भएको लामो समयसम्म पहिरोमा फसेका शुकबहादुरको तत्काल उद्धार हुन सकेन। घटनास्थलमै उनको मृत्यु भएको बताइयो। सो स्थानमा अझै पनि पहिरो लडिरहेको हुँदा थप दुर्घटना हुन सक्ने भयले स्थानीय त्रसित छन्। 

अविरल वर्षासँगै भाद्र २६ गते राती गएको पहिरोमा परी थवाङ गाउँपालिका-२ छेर्लोबाङमा ६ जनाको ज्यान गयो। पहिरोमा पुरिएर २८ वर्षीया फिरकुमारी बुढामगर र उनका ४ वर्षीय छोरा असल बुढामगर, ४० वर्षीय जय बुढा, उनकी श्रीमती मूलज्योति बुढा, छोरीहरु दिविष्टि बुढा र तिरङ बुढाको ज्यान गएको छ।

ईलाका प्रहरी कार्यालय थवाङको एक टोलीले उद्धारको काम गरेको थियो। उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न  प्रहरी चौकी रानागाउँ र खरिबोटबाट समेत थप प्रहरीले समेत उद्धार कार्यमा सहयोग गरेका थिए। पहिरोमा परी २ वटा घर र केही गोठ पनि पुरिएको छ। 

000

nimb
nimb
Ncell 2
Ncell 2

यी घटनामध्ये अधिकांश घटनासँग सडक जोडिएर आएको छ। अव्यवस्थित ढंगले निर्माण गरिएका सडकका कारण पहिरोको प्रकोप बढ्दै गएको छ। स्काभेटर प्रयोग गरेर सडक निर्माण गर्दा ठाडो जमिनमा छिटै पहिरो जाने गर्दछ। जिल्लामा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट ल्याई सडकमा खर्च गर्ने गरेको देखिएको छ।

रोल्पाका सबै स्थानीय सरकारको प्राथमिकतामा सडक परे पनि अधिकांश सडक मापदण्डअनुसार नहुँदा धनजनको क्षति हुँदै आएको छ। उपभोक्ता समितिले आफूखुसी सडक निर्माण गर्ने प्रवृत्तिले जिल्लामा निर्माण भएकामध्ये अधिकांश सडक गुणस्तरीय र अध्ययन गरी निर्माण गरिएका छैनन्। 

गाउँ जोड्ने नाममा डोजर आतंक बन्द नहुँदासम्म सवारी दुर्घटना नियन्त्रण  तथा भूक्षय न्यूनीकरण समेत हुन नसक्ने नेपाल निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीको भनाइ छ। सडक संजाल प्रायः सबै वडासम्म पुगे पनि वातावरणीय प्रभाव मूल्यांकन बिना बनाईएका कारण प्राकृतिक प्रकोपको खतरा रहेको अध्यक्ष खत्रीको भनाई छ। वर्षको अन्ततिर बजेट आएकाले वातावरणीय प्रभाव मूल्यांकन र ईन्जिनियरिङ अध्ययन बिना नै सडक खनिएका कारण अहिले नकारात्मक प्रभाव देखिन थालेको छ। 

अराजक ढंगले बाटो खनिएका कारण मलिलो माटो बग्नुका साथै भूक्षय बढेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए। 'वन विनासको हिसाबकिताब छैन, खोलाहरु उराँठलाग्दा बगर भएका छन।  पानीका मुहानमा समेत असर गरेको छ,'  प्रमुख बुढाले भने। गाउँ चिराचिरा भएकाले जमिनभन्दा बाटाहरु धेरै देखिन थालेको बुढाको भनाइ छ। योजनाविहीन ढंगले विकासको नाममा अनावश्यक बाटाहरु खनिएको समन्वय प्रमुख बुढाको भनाइ छ। 

'एउटै बस्तीमा ३/४ वटा बाटाहरु खनिए पनि बाटाहरू प्रयोगमा छैनन्,' प्रमुख वुढाले भने, 'विकासको गलत ढंगले प्रयोग भइरहँदा यसले भविष्यमा निम्त्याउने अनिष्टको कल्पनासमेत गर्न सकिँदैन,' प्रमुख बुढाले भने।  

डोजर प्रयोग गरी जथाभावी खनिएका सडकमा वर्षाको समयमा पहिरो खस्ने गरेको छ। धेरै स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध हुँदा आवतजावतमा सास्ती हुने गरेको छ। डोजर प्रयोगले सडक थर्किएर दायाबाँयाको भाग कमजोर हुँदा सानो वर्षाले समेत ठुलै विनाश गर्न थालेको छ। 'जिल्लामा निर्माण गरिएका धेरै सडकको वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन। वातावरणीय प्रभाव मूल्यांकन गर्दा लामो समय लाग्ने भएकाले अधिकांश सडक त्यतिकै खनिएका छन्,' रोल्पा नगरपालिकामा कार्यरत एक प्राविधिकले भने। 

वातावरणीय प्रभाव मूल्यांकन बिना सडक खनिएकाले जिल्लामा प्राकृतिक प्रकोपका घटना बढ्दै जान थालेको  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रोल्पाका अध्यक्ष मानसिं डाँगीको भनाई छ। 'सामुदायिक वनको स्वायत्ततामाथि नै हस्तक्षप गर्दै सडक निर्माण गरिएका छन्,' अध्यक्ष डाँगीले भने,  'विना मापदण्ड यसरी सडक निर्माण भए आगामी दिनमा झनै ठूलो जोखिम आउन सक्छ।'

हाल ट्र्याक खोलिएका समेत गरी जिल्लामा ४ सय ४७ किलोमिटर सडक संजाल विस्तार भएको जिल्ला समन्वय समिति रोल्पाको अभिलेखमा उल्लेख छ। ती सडकमध्ये अधिकांश हिउँदमा मात्र चल्छन्। पहिरोका कारण वर्षायाममा यातायात अवरुद्ध हुने गरेको छ। पक्की सडकको रुपमा प्यूठान र रोल्पाको सिमाना चतुर्भुजदेखि सिमलवाङ सडक र होलेरी खुम्वास सडक गरी जम्मा ४८ किलो मिटर मात्रै ओटासिल गरिएको छ।

पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महिना संचालन गर्न सकिँदैन। जिल्लामा रहेका राष्ट्रिय र रणनैतिक सडक मात्र बाह्रै महिना चल्ने गर्दछन्। गाउँ गाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना समेत बढिरहेको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्