काठमाडौं- नेपाल बङ्गलादेश बैंकले ललितपुरको खोकनामा शाखा संचालनमा ल्याएको छ। बैंकले शुक्रबारबाट खोकनामा ९५औं संचालनमा ल्याएको हो। शाखाको उद्घाटन सांसद् पम्फा भुसालले गरेकी हुन्।
शाखा उद्घाटनका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाका बारेमा स्थानीयलाई जानकारी गराएका थिए।
बैँकले स्थानीयलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ। शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
खोकना शाखा विस्तारसँगै बैंकका ९५ शाखा, ७ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।