• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काश्मीरी आमाका दुःख

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  १४:५१
1140x725

श्रीनगर- केही समययता श्रीनगरका अधिकांश इलाका सुनसान छ। तर, लल दद्य अस्पताल हातामा भने चहलपहल कम भएको महसुस हुँदैन। 

काश्मीरमा छाएको तनाव यो अस्पतालमा नपरेको भने होइन। श्रीनगरकै सबैभन्दा ठूलो प्रसुति अस्पतालमा आफ्ना सन्तानलाई जन्म दिन आएका आमाको अनुहारमा उत्साह भन्दा बढी उदासी प्रष्ट रुपमा देख्न सकिन्छ।

केही दिनअघि मात्र जन्मदिएकी छोरीलाई छातीमा टाँस्दै एक महिला भन्छिन्, ‘मेरी छोरी निकै मुश्किल समयमा यो संसारमा आएकी छिन्, अल्लाहले यिनलाई सुन्दर जिन्दगी देउन्।’

‘हामी जुन माहोलमा हुर्कियौँ, त्यही माहोलमा मेरा सन्तानलाई हुर्कन नपरोस् भन्ने चाहेका थियौँ,'  पहिलो पटक आमा बनेकी समीरा भन्छिन्, ‘यो समयमा म शान्तिको मात्र कामना गरिरहेकी छु।’

लल दद्य अस्पतालको तथ्यांक हेर्ने हो भने यहाँ हरेक दिन एक सयभन्दा बढी शिशुले जन्म लिन्छन्।

अस्पतालकी एक डाक्टरले गर्भवती र सुत्केरीका लागि कुनै किसिमको समस्या नहोस् भनेर अस्पताल प्रशासनले हरसम्भव प्रयास गरेको बताउँछिन्। अस्पताल पुगेपछि गर्भवतीलाई सन्तोषजनक सुविधा प्राप्त हुने भए पनि श्रीनगरका महिलालाई त्यहाँसम्म पुग्न नै ठूलो चुनौती छ।

अस्पतालसम्म पुग्न सवारीसाधन नपाइनु र पाए पनि ठाउँ-ठाउँमा हुने जाँचले प्रश्रव पीडामाथि थप पीडा थप्ने गरेको उनीहरुको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

गत अगस्त ५ मा जम्मु-काश्मीरमाथि रहेको विशेषाधिकारको संवैधानिक व्यवस्था खारेजीपछि भारतको केन्द्र सरकारले शासन गरिरहेको छ।

योसँगै भारत प्रशासित काश्मीर उपत्यकामा निकै कडा बन्देज लगाएको छ। यहाँ कर्फ्यु लगाइनुका साथै इन्टरनेट तथा टेलिफोन सेवा समेत अवरुद्ध गराइएको छ।

हाल केही स्थानमा टेलिफोनलगायतका सञ्चार सेवा सुचारु गरिएको छ भने केही स्थानमा विद्यालय तथा सरकारी कार्यालयहरु खुलेका छन्।

कर्फ्यू लाग्दाको श्रीनगरको राजमार्ग क्षेत्र।


यो अवस्थाले त्यहाँका नागरिक निकै समस्यामा रहको देखाउँछ। उनीहरुमध्ये पनि सबैभन्दा धेरै असर महिला र बच्चाहरुमा परेको देख्न सकिन्छ।

‘निकै कष्टका साथ अस्पताल आइपुग्यौँ, गाडीमा बिरामी देख्दादेख्दै पनि हामीलाई विभिन्न ठाउँमा रोकेर दुःख दिइयो,’ सोही अस्पतालमा भर्ना हुनका लागि पालो पर्खिरहेकी एक गर्भवती महिलाले भनिन्, ‘आशा छ यो सबै चाँडै ठीक हुनेछ।’

ग्रामिण क्षेत्रबाट श्रीमतीलाई सुत्केरी गराउन ल्याएका एक व्यवक्तिले सरकारी बन्धनका कारण उपचार गराउन र औषधि किन्न समस्या भएको बताए।

‘सबैभन्दा बढी समस्या गर्भवती महिलालाई छ। अस्पताल जानका गाडीसमेत पाइएको छैन,’ काश्मीरको ग्रामिण क्षेत्रमा दुई महिना बसेर कतार फर्किन लागेकी एक महिलाले अनुभव सुनाइन्।

गर्भवती महिलालाई मात्र होइन कि ग्रामिण क्षेत्रका सबै बिरामी मानिसहरुका निम्ति पनि समय निकै खराब भएको उनीहरुको बुझाइ छ। 

श्रीनगरको जिबी पन्त अस्पताल बाहिर छोरीलाई काखमा लिएर बसेकी एक महिलाले आफ्नी छोरीका लागि सबै राम्रो होस् भन्ने सोचे पनि खराब अवस्थाका कारण भविष्य अन्धकार मात्र देख्ने गरेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले बच्चाको विद्यालय लामो समयदेखि बन्द भएका कारण पठनपाठन ठप्प भएका करण पनि निक्कै चिन्ता लागेको बताइन्।

पुरुषहरु जसोतसो घर बाहिर निस्कन्छन्। तर, महिलाहरु पूर्णरुपमा घरभित्रै कैद छन्। जसका कारण उनीहरुमा क्रोध र नैराश्यता बढेको छ।

घरमा खाद्यसामग्रीको भण्डार रित्तिन लागिसकेको प्रति गृहणीहरुको चिन्ता छ। ‘हामी घरमा मर्न लागिसक्यौँ, तर यसबारे कसैलाई मतलव छैन,’ एक गृहणीले आक्रोश पोखिन्। यसो भन्दै गर्दा उनको अनुहारमा गुनासो सँगसँगै अधिक मात्रामा आक्रोश झल्किएको थियो।

‘यहाँ केही पनि ठीक छैन। अत्याचार यति धेरै बढेको छ कि बच्चा पेटमै मर्न लागिसके। किनभने गर्भवति महिला अस्पताल नै पुग्न पाइरहेका छैनन्,’ उनले थपिन्।

सबैभन्दा धेरै रीस त उनलाई सञ्चारमाध्यमका ती खबरसँग उठ्छ जसमा काश्मीर उपत्यकामा सबै सामान्य भएको दाबी गर्दै ठूलो स्वर र अक्षरमा प्रशारण गरिएका हुन्छन्।

‘ती समाचार आउँदा मलाई टिभी नै फुटाइदिऊँ जस्तो हुन्छ,’ चर्को आवाजमा उनले भनिन्, ‘यदि सरकारले हामीसँग कुरा गरी हाम्रो कुरा सुने त हामी खुसी-खुसी भारतको साथ रहन्थ्यौँ नि।’

मोबाइल र इन्टरनेट सेवा बन्द गरेपछि यसको असर पनि महिलाको मानसिक स्वास्थ्यमा परिरहेको छ। श्रीमान् घर बाहिर निस्के भने महिलालाई उनीहरु ठीक छन् कि छैनन् भनेर चिन्ता हुने गरेको उनीहरु बताउँछन्।

एक जना व्यापारीले टेलिफोन सुविधामात्र दिएको भए पनि केही सहज हुने बताउँदै भने, ‘मेरी आमा दिनभर ढोकाको छेउ बसेर मेरो घर फर्किने बाटो हेरिरहनुहुन्छ, अहिले टेलिफोन सेवामा आंशिक फुकुवा गरिएपछि दिनमा धेरैपटक फोन गरेर हालचाल सोध्नुहुन्छ।’

त्यसो त काश्मीरका महिलाका लागि पहिले पनि सहज अवस्था भने थिएन। तर, अहिले त झन असह्य हुन थालेको छ। पछिल्लो केही हप्तादेखि घरभित्रै बन्दीजस्तै भएको उनीहरुको अनुभव छ। घरभित्रै कैद भएको अनुभव सुनाउँदै एक महिलाले भनिन्, ‘सास रोकिएलाजस्तो हुन्छ। घरबाहिर हेर्दा सुनसान सन्नाटा मात्रै देखिन्छ।’

(श्रीनगरबाट फर्किएपछि बिबिसी हिन्दीका लागि पुनम कौशलले तयार पारेको यो सामग्री ‍कल्पना पौडेलले भावानुवाद गरेकी हुन्। मुख्य तस्बिर- राकेश बक्सी, गेट्टी इमेज)

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्