काठमाडौं– सोमबार दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाको रहस्यमय भएको भन्दै मृतकका आफन्तले गम्भीर छानबिनको माग गरेका छन्। विमानस्थलभित्र नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्याङकरको ठक्करबाट थाई एयरका कर्मचारी सानु बमको मृत्यु भएको थियो।
बम थाई एयरका टेक्निसियन हुन्। विमानस्थलभित्रै कसरी ट्याङकरले उनलाई ठक्कर दियो खुल्न सकेको छैन। ट्याङकरका चालक सर्की लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले थुनामा राखी छानबिन गरिराखेको छ। हालसम्मको अनुसन्धानमा ट्याङकरले ठक्कर दिएको बुझिएको र विस्तृत अनुसन्धान भइरहेको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।