काठमाडौं– हाम्रो विकास बैंकले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ।
बैंकको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७ दशमलब ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।
जसअनुसार बैंकले ३ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस शेयर दिन लागेको हो।
त्यस्तै बैंक सञ्चालक समितिले कर प्रयोजनको लागि १७ लाख ५८ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव समेत गरेको छ।
लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकको आगामि साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।