रियाद, साउदी अरबको हवाई प्रतिरक्षा बलले यमनी हुथी विद्रोहीद्वारा साउदी भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सोमबार बीचैमा नष्ट गरिदिएको छ।
यमनको हुथी विद्रोहीको पकड रहेको उत्तरी क्षेत्र सादाबाट गरिएको आक्रमणलाई स्थानीय समय अनुसार ७ बजेर २३ मिनेटको समयमा नष्ट गरिएको साउदी सेनाका कर्नेल तुर्की अल मालिकीले बताएको एसपिए न्यूज एजेन्सीलाई उदृत गर्दै एएफपीले लेखेको छ।
साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई र इरानले विद्रोहीलाई सहयोग गर्दै आएको बताइन्छ। यमनमा सन् २०१५ को मार्चदेखि सुरु भएको द्वन्द्वकाक्रममा हालसम्म ९ हजार २ सय यमनी नागरिकको मृत्यु भइसेकेको छ।
साउदी गठबन्धनले इरानद्वारा हतियारप्राप्त विद्रोहीले पटक पटक यमन तथा साउदी अरबका शहरी इलाकालाई लक्षित गरी आक्रमण गर्दै आएको र तीनलाई बीचैमा नष्ट गरिएको बताउँदै आएको छ।
गत नोभेम्बरमा पनि इरान निर्मित हतियारद्वारा विद्रोहीले आक्रमण गर्दा आफ्नो सुरक्षामाथि चुनौति थपिएको भन्दै साउदी सेनाले सम्बन्धित सबैलाई जानकारी गराएको थियो।
नोभेम्बरमा रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको इरानमा निर्मित हतियारलाई आकाशमै नष्ट गरेको रियादले जनाएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।