लेबनान- सिरियाको सरकारी सेनाले गरेको हवाई आक्रमणमा परी सोमबार २३ सर्वसाधारणको मृत्यु भएको यहाँको मानव अधिकारवादी संगठनले जनाएको छ।
सिरियाको राजधानी दमास्कस नजिकै रहेको विद्रोही नियन्त्रित पूर्वी घोउटा क्षेत्रमा राष्ट्रपति बसर अल असद पक्षधधर सेनाद्वारा चलाएको हवाई कारबाहीमा सर्वसाधारण परेको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको हो।
मारिनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ। बेइटसेवा शहरको एक व्यस्त क्षेत्रमा गरिएको आक्रमणको सिरियाभित्र तथा बाहिर व्यापक आलोचना भएको छ।
यसबारे सरकारले कुनै प्रतिक्रिया नजनाएको एएफपीद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ। (रासस/एएफ्पी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।