एजेन्सी- पानी मानिसका लागि मात्र नभई समग्र प्राणीका लागि आधारभूत आवश्यकता मानिन्छ। तर, एक व्यक्तिले पाँच वर्षदेखि पानी नपिई बाँचेको रहस्य खुलेको छ। उनले यो पाँच वर्षको अवधिमा पानीका साथै कुनै पनि तरल पदार्थ पिएनन्। उनी हुन्, अमेरिका पेन्सिलभनियाका पिटर फिलाक, जो पूर्व नर्सका साथै ब्लग र वेभक्याम मोडल छन्।
पिटरले ५ मे २०१२ को साँझ ५ बजेदेखि एक थोपा पानी नपिएको दाबी गरेका छन्। पानी तथा अन्य पेय पदार्थ नपिउने पिटर पर्याप्त मात्रामा फलफूल र तरकारी खान्छन्। उनले आफ्नो वेबसाइटमा ‘मोर एप्पल्स अ डे’ भनेर लेखेका छन्।
उनी पानी सफा गर्नका लागि प्रयोग गरिने रसायनहरु शरीरका लागि घातक हुने बताउँछन्। २९ वर्षीय पिटर निकै स्वस्थ छन्। उनले आफूले कहिल्यै अल्कोहल र ड्रग्स सेवन नगरेको बताएका छन्।
पहिले माछा–मासु खाने गरे पनि हुर्किएसँगै उनी साकाहारी बन्दै गए। उनको यस्तो निर्णयबाट आमाबाबु निकै निराश थिए। तर, पनि आमाबाबु समेत साकाहारी बने।
स्वस्थ जीवनशैली अपनाएर बढी उमेरसम्म बाँच्ने उद्देश्य राख्ने उनी १ सय ५० वर्षसम्म बाँच्ने चाहना राख्छन्। पानी पिउन बन्द गरेयता उनी तरकारी र फलफूलबाट मात्रै दैनिक ८ सयदेखि १ हजार क्यालोरीसम्म उपभोग गर्छन्।
उनी फलफूल र तरकारी काँचै खान्छन्। काँचै खाने बानी आफूूलाई लागे पनि अन्यलाई यस्तो गर्न सुझाव भने दिँदैनन्। उनी भन्छन्, ‘खानाका लागि मानिस आफ्नो रोजाइ अनुसार गर्न स्वतन्त्र छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।