• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'ज्वाइँ महँगा भए'

कोशी किनारका मुखिया समुदायमा दहेजको कहर, माछा मारेर ऋण तिर्नु दैनिकी
64x64
नेपाल लाइभ आइतबार, भदौ २२, २०७६  ११:२३
1140x725

इटहरी- खपिनसक्नुको गर्मी। कोशी नदीको सुस्साहट पनि उस्तै सुनिएको छ। घर आँगनमै रहेको सिरिशको बोटले पन्चलाल मुखियालाई गर्मीबाट केही राहत दिएको छ।

सेतो गन्जी, पहेँलो कट्टु लगाएका पन्चलाल माछा मार्ने जाली बुन्दैछन्। रुखमा बाँधेर जाल बुनिरहेका उनले त्यही जालबाट जीवनको व्यवहारिक जालो पन्छाउँदै आएका छन्। साहुको हिसाब गन्ति गर्नु र परिवार पाल्न उनका लागि सोही जालको मात्रै भर छ। रुखले घामबाट र रुखमा झुन्डिएको जालले साहुबाट छहारी दिएको छ उनलाई।

सुनसरीस्थित कोशी ब्यारेज आडको मुखिया बस्ती, दिउँसो १२ बजेदेखि दैनिकजसो उनी कोशी किनार पुग्छन्। हरेक दिन कोशीको भङ्गालोमा माछा छोप्नु उनको दैनिकी हो। अतिपयका लागि अभिसाप भएको कोशी नदी उनका लागि भने वरदान बनेको छ। कोसीका माछा बेचेरै उनी साहुदेखि श्रीमतीसम्मलाई रिझाउँछन्।

२ छोरी र ३ छोराका बाबु हुन पन्चलाल। छोराछोरी सबैको विवाह भइसक्यो। सबैले आ-आफ्नो परिवार धानिरहेका छन्। उमेरले ७० पुग्न लागे उनी। तर, साहुको ऋणले भने उनलाई अझै तन्दुरुस्त बन्न बाध्य बनाएको छ। ३ वर्षअघि छोरीको विवाहको ऋण तिर्न पन्चलाललाई ठूलै सकस परेको छ।

६ वर्षअघि जेठी छोरीको ३० हजार रुपैयाँमा बिहे उम्काए। त्यसको ३ वर्षपछि कान्छी छोरीको पनि बिहे भयो। ज्वाइँका बाबुआमाले बाइक र ७५ हजार भारतीय रुपैयाँ दाइजो नदिए बिहे नगर्ने सर्त राखे। छोरीको बिहे नहुने होकी भन्ने त्रास भयो उनलाई। साहु गुहार्नुपर्ने भयो। ५ रुपैयाँ ब्याजमा ३ लाख रुपैयाँ काढे।

त्यसको केही महिनाअघि मात्र उनले आफ्नो पत्थरीको अपरेसन गराएका थिए। छोरीको बिहेका समयमा पूरा निको नभइसकेका उनको काँधमा उपचारका नाममा यसअघि नै लिएको ५० हजार रुपैयाँ ऋण बाँकी नै थियो। त्यसमाथि छोरीको बिहेको ऋणको बोझले उनलाई थप थिच्यो।

छोराहरु सबै आ-आफ्नो व्यवहार गर्ने भइसकेका छन्। हारगुहार गर्ने कोही छैन। जसोतसो आफैं घोटिएर महिनावारी साहुकोबाट लिएको ऋणको ब्याज बुझाउनुपर्छ उनले। ३ वर्षदेखि दिए पनि अझै ५० हजार जति तिर्न बाँकी रहेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘छोरीको सादीको ऋण तिरेर मरिन्छ होला,’ उनी भन्छन्, ‘अहिले तिरेन भने म मरेपछी बुढीलाई साहुले दुःख देलानी फेरि। दिनमा ५ देखि ७ सयको माछा मार्छु। त्यसैले नुनसाबुन किन्छु। अनी साहुकोमा पनि ऋण बुझाउँछु।’

पहिले साइकल, घडी र २/३ हजार रुपैयाँ दहेज (दाइजो) दिँदा छोरीको बिहे अम्किन्थ्यो। तर, अहिले बाइक र १/२ लाख पैसा त अनिवार्य जस्तै भएको उनी सुनाउँछन्। 'दाइजोका कारण छोरीको बिहे गर्न नसकिने अवस्था आइसक्यो,' उनले भने, 'अहिले त ज्वाइँ किने बराबर भएको छ। समयसँगै ज्वाइँ पनि महँगो हुन थाले।'

दाइजो नदिए छोरीलाई हेला गर्छन् कि भन्ने पनि चिन्ता हुने भएकोले जसोतसो दाइजो दिनुपरेको उनी सुनाउँछन्। ‘छोरी जन्मियो भने सबै दुःखी हुन्छन्। दहेज दिन सकिँदैन। सादी होला की नहोला भन्ने तनाव हुन्छ,’ जाल बुन्न छाडेर पंक्तिकारतर्फ फर्किँदै पन्चलालले भने, ‘दुःख भएर के गर्नु? हामी जस्ता गरीबका लागि दुःखनै त हुन्छ।’

दाइजो लिनु अहिले पन्चलालको समुदायमा अनिवार्य जस्तै बनको छ। चलन हो भन्दै पढेलेखेका तथा बुद्धिजीविले पनि यसलाई अनुसरण गरिरहेका छन्। बरु यसको आकार थप चुलिएको छ। कतिपयलाई भने पारिवारिक दबाबका कारण पनि नलिइनहुने बाध्यता छ। यस्तै बाध्यतामा छन् पिन्टु मुखिया पनि। पन्चलालको नजिकै बसेका पिन्टुले भने, ‘दहेज भएन भने बिहे गर्नै मान्दैनन् नयाँ पुस्तामा पनि यसको प्रभाव बढ्दो छ।’

भर्खरै २३ वर्ष लागे उनी। उनी आफ्नो पनि विवाहको तयारी भइरहेको बताउँछन्। 'मलाई दहेज लिन पटक्कै मन छैन। बाबुआमाले दहेज नलिई सादीनै नगर्ने भन्नुभएको छ,' उनले आफ्नै कथा सुनाए।

पिन्टुको बहिनीको केही समयअघि मात्रै विवाह भएको हो। बहिनीको विवाहमा लागेको ऋण तिर्नलाई भए पनि आफ्नो विवाहमा दहेज लिनैपर्ने बाबाआमाले अड्डी कसेका उनी सुनाउँछन्। ‘बाबाआमाले ४ लाख माग्नु भएको छ। खै अब के हुन्छ थाहा छैन,’ पिन्टुले टाउको निहुराए।

त्यतिकैमा काँधमा जाली बोकेर चनरदेव मुखिया पनि त्यहीँ आइपुग्छन्। पन्चलालको छेवैमा बसेका उनको पनि अवस्था पन्चलालको जस्तै रहेछ। ‘अरुको छोरा छ र ढुक्क छ। मेरो त छोरीकै दहेजको ऋण तिर्न सकेको छैन,’ कुराकानीकै बीचमा उनले आफ्नो व्यथा सुनाइहाले, 'दुई वर्ष भयो छोरीको सादी गरिदिएको। सादीमा लागेको २ लाख ऋण तिर्न अब २५ हजार रुपैयाँ बाँकी छ।'

उक्त ऋण तिर्न चनरदेवका लागि पनि उही कोशी नै एकमात्र विकल्प रहेछ। उनी हरेक दिन कोशीमा माछा मार्छन् र बजारमा लगेर बिक्री गर्छन्। त्यसैबाट भएको आम्दानीबाट मरमसला र साहुको ऋण तिर्ने जोहो गरको उनले बताए।

पन्चलाल र चनरदेव मात्र होइनन्। कोशी आसपासका अधिकांश मुखिया जातिको पेसा नै माछा मार्ने हो। दैनिक जीविका चलाउनु र साहुको ऋण तिर्नका लागि उनीहरुको दैनिकजसो कोशी किनारमै बास हुन्छ।दाइजोको सकसले तराई मुलका हरेक समुदायमा समस्या पारेको छ। साहुको ऋण तिर्न नसकेर धेरैको घरजग्गा लिलामी भएका छन्। तर, पनि दाइजोको कहर घट्नुको सट्टा झन् बढिरहेको छ।

बढ्दो महँगीसँगै पन्चलालले भनेजस्तै ज्वाइँको पनि भाउ बढिरहेको छ। दाइजेले समग्र तराई र मधेसमा लाखौं पन्चलाल, चनरदेव र पिन्टुहरुलाई पिरोलिरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्