• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोल्पामा सम्बन्ध विच्छेदको झस्काउने तथ्यांक, १६ वर्षीया किशोरीदेखि ७१ वर्षकी वृद्धासम्म

विदेश रहेका श्रीमान्‌बाट अधिकांश महिला असन्तुष्ट
64x64
नेपाल लाइभ शनिबार, भदौ २१, २०७६  ०८:२५
1140x725

रोल्पा- जिल्ला अदालतमा गत वर्ष जम्मा ३ सय ९९ मुद्दा दर्ता भए। त्यसरी दर्ता भएका मध्ये २ सय १७ वटा मुद्दा श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेदका लागि दर्ता गरिएका थिए। यो संख्या  जिल्ला अदालतमा वर्षभरि दर्ता भएका कुल मुद्दाको ५४ प्रतिशतभन्दा बढी  हो। जिल्लामा बढ्दै गएको सामाजिक र पारिवारिक विखण्डनको यो तथ्यांकले एक पटक सबैलाई झस्काएको छ। 

रोल्पामा सम्बन्ध विच्छेदको अवस्था कति भयावह छ भन्ने जिल्ला अदालतको यो तथ्यांकले पुष्टि गर्छ। यो संख्या गाउँघरमा मिलापत्र गरी टुंग्याउन नसकेर अदालतसम्म आएका मुद्दा मात्रै हुन।  भद्र भलाद्मीको रोहवरमा गाउँघरमै हुने सम्बन्ध विच्छेदको संख्या यो भन्दा पनि भयावह हुन सक्ने जानकार बताउँछन्। गाउँघरमा मिलाउन नसकेर प्रहरी हुँदै अदालतसम्म आउने यी मुद्दा गाउँमा हुने सम्बन्ध विच्छेदको तुलनामा निकै थोरै हो।

जिल्ला अदालत रोल्पाको अभिलेखमा १६ वर्षीया किशोरीदेखि अधिकतम ७१ वर्षीया वृद्धासम्मले सम्बन्ध विच्छेद गरेको देखिन्छ। जिल्लामा सम्बन्ध विच्छेदको अवस्थालाई अझै नियालेर हेर्ने हो भने यसको प्रवृत्ति बढ्दै गएको छ।

रोल्पा जिल्ला अदालतमा आर्थिक वर्ष ०७३/७४ मा १  सय २४ वटा मात्रै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष ०७४/७५ मा यो संख्या बढेर दोब्बर पुग्यो। उक्त आर्थिक वर्षमा २ सय २७ जनाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका थिए। 

जिल्ला अदालतमा यसरी दर्ता हुने सम्बन्ध विच्छेदका मुद्दामा श्रीमान्‌ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खानलाउन नदिएको, माइती जाँदासमेत लामो समयसम्म बेवास्ता गरेको जस्ता आरोप हुने गरेको रोल्पा जिल्ला अदालतका सूचना अधिकारी श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिए। 'महिलाले अंश लिएर सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था भए पनि अदालतसम्म आउँदा अंश दाबी नगरेरै सम्बन्ध विच्छेद गरेको पाइन्छ,' उनले भने, 'अंशको हिसाबकिताब घरसारमै मिलाएर अदालतमा दाबी पेस नगरेको हुन सक्छ।'

सामान्य पारिवारिक मनमुटावका कारण पनि  सम्बन्ध विच्छेद जस्तो अप्रिय निर्णयमा पुग्ने गरेका घटना प्रशस्त देखिने बताउँछन् लेखापढी कानुन व्यवसायी अर्जुन डिसी। स्थानीय स्तरमा परामर्श गरी टुंग्याउन सम्भव यस्ता समस्यासमेत सम्बन्ध विच्छेदमा गएर टुंगिने गरेको उनको भनाइ छ।

श्रीमान् श्रीमतीको सम्बन्ध विच्छेदले परिवारमा समेत प्रतिकूल प्रभाव पारिहेको छ। छोराछोरीमा मनोवैज्ञानिक असर पर्दा त्यसले स्वास्थ्य र शिक्षामा असर गरिरहेको बाल मनोविज्ञानका जानकार दामोदर आचार्यले बताए। 'सम्बन्ध विच्छेद गरेका दम्पतीका छोराछोरीले पढाइलाई समेत ध्यान दिँदैनन्,' बालकल्याण नमुना माविका शिक्षकसमेत रहेका आचार्यले भने, 'उनीहरुको अधिकांश समय नैराश्यमा बित्ने गरेको देखिन्छ।'  

वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै सम्बन्ध विच्छेदको संख्यामा पनि बढोत्तरी आएको छ। पचासको दशकसम्म जिल्ला अदालतमा सम्बन्ध विच्छेदका एकाध मुद्दा मात्रै दर्ता हुने गरेकोमा साठीको दशकपछि यो क्रम बढ्न थालेको अदालतको अभिलेखबाट पुष्टि हुन्छ। पछिल्ला दिनमा यो समस्याले अहिले विकराल रुप लिन थालेको रोल्पा जिल्ला अदालतको मेलमिलापकर्ता तीर्था आचार्यको ठम्याइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

महिलामाथि हुने हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तिकरणका कारण पनि जिल्लामा सम्बन्ध विच्छेदको घटना बढ्दै गएको बताइन्छ। श्रीमान्‌ले सामान्य हिंसा गर्दा सहँदै आएका महिलाहरु श्रीमान्‌को अत्याचार बढेपछि भने अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेका छन्। 

श्रीमान् विदेश रहेका अधिकांश महिलाहरुले सम्बन्ध विच्छेदको मुद्दा हाल्ने गरेको आचार्य बताउँछिन्। 'लामो समयसम्म श्रीमान् घर नआउँदा दम्पतीबीच बढ्दै गएको शंका अन्ततः सम्बन्ध विच्छेदमा रुपान्तरण हुने गरेका छन्,' महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष समेत रहेकी आचार्यले भनिन्, 'देखासिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग पनि सम्बन्ध विच्छेदका कारण हुन्।'

उमेर नपुग्दै आदर्श जीवनको परिकल्पना गरेर विवाह गर्नेहरु परिपक्व भएपछि सम्बन्ध विच्छेदको निर्णयमा पुग्ने गरेका छन्। चेनताको अभाव, अशिक्षा र गरिबीले पनि जिल्लामा सम्बन्ध विच्छेदलाई मलजल गरिहेको आचार्य बताउँछिन्।  

मुद्दा गर्न आउने महिलाहरु न्यायलय वा कानुन व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले सहयोगीका साथ उजुरी गर्न  आउने गरेका छन्। त्यसकारण पनि उनीहरुका लागि न्याय महँगो बन्दै गएको महिला अधिकारकर्मी तुलसा आचार्यको भनाइ छ। 

'चुलोचौकामा सीमित महिलाहरुलाई सस्तो र छरितो न्याय पाउने प्रक्रिया थाहा नहुँदा उनीहरुका लागि न्याय महँगो बनेको छ,' उनी भन्छिन्।

सम्बन्ध विच्छेदपछिको दैनिकी अत्यन्तै चूनौतीपूर्ण हुने गरेको छ। सामाजिक दृष्टिकोणमा बदलाव हुने त छँदैछ, घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाहरु बताउँछन्।

१३ वर्षकै उमेरमा विवाह गरेकी सुनिल स्मृति गाउँपालिका ६ की निर्मला थापाले बाँकी दाम्पत्य जीवन सहजताका साथ नचल्ने भएपछि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको उजुरी दिएकी छिन्। '२० वर्षकै उमेरमा श्रीमान्‌सँग सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यता भयो,' उनले भनिन, 'एकल जीवनको सुरुवातीसँगै दैनिकी चलाउन कठिनाइ भएपछि सदरमुकाम लिवाङमा ज्याला मजदुरी गर्न थालेको छु।'

कलिलै उमेरमा विवाह गर्ने परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गर्ने महिला/पुरुषको संख्या जिल्लामा ठूलो मात्रामा रहेको बताइन्छ। यस्ता पीडित महिलाहरुलाई सामाजिक र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाकी अध्यक्षसमेत रहेकी अधिकारकर्मी तुलसा आचार्य बताउँछिन्।

कम उमेरमै सम्बन्ध विच्छेद गर्ने कतिपय महिलाहरु भने सिप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख हुन खोजेको पनि देखिन्छ। सिलाइबुनाइ, सल, साडी, स्वेटर र ब्लाउमा बुट्टा भर्ने सिप सिकेर आत्मनिर्भर हुने महिलाको संख्या समेत बढ्न थालेको छ।

२६ पुरुष पनि सम्बन्ध विच्छेदको लाइनमा 
पछिल्लो पटक बनेको मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानुनी व्यवस्था गरेसँगै जिल्लामा यो संख्या पनि बढ्दै जान थालेको छ। 

अघिल्लो आर्थिक वर्षको भदौ १ देखि असार मसान्तसम्म जिल्लामा २६ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको रोल्पा जिल्ला अदालतले जनाएको छ। 

सम्बन्ध विच्छेदका लागि महिलाको मात्रै उजुरी आउने गरेकोमा गत भदौदेखि पुरुषले समेत यस्तो उजुरी दिन थालेका रोल्पा जिल्ला अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले बताए। त्यसरी दायर भएका मुद्दामध्ये २१ वटा फैसला भइसकेका जिल्ला अदालतले जानकारी दिएको छ।

सम्बन्ध विच्छेदको लागि मुद्दा बोकेर अदालत जाने पुरुषले श्रीमतीले घरको चल सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको जस्ता आरोप लगाउने गरेका छन्। यसरी सम्बन्ध विच्छेद गर्ने पुष मध्ये अधिकांश समय घरबाहिर रहनेहरु देखिने गरेको बताइन्छ। लामो समय वैदेशिक रोजगारीमा रहेर घर फर्किएकाहरुबाट नै यस्तो उजुरी दर्ता हुने गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्