दसैंतिहारलाई लक्षित गर्दै थाइल्यान्ड घुम्न पाउने सिजीको नयाँ 'स्किम'

नेपाल लाइभ | २०७६ भदौ २० शुक्रबार | Friday, September 06, 2019 १७:१२:०० मा प्रकाशित

काठमाडौं- दसैंतिहारलाई लक्षित गर्दै सिजीले ग्राहकहरुको लागि नयाँ स्किम बजारमा ल्याएको छ।

'सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाऊँ परिवारसँग' नाम दिइएको सो स्किम सिजी ब्रान्डका प्रत्येक होम अप्लायन्सको खरिदमा प्राप्त गर्न सकिनेछ।

लक्की ड्रमार्फत बम्पर उपहारका रुपमा ५ भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने अवसर मिल्ने कम्पनीले जनाएको छ। सिजीको सामान खरिद गरी CG<space>Name<space>Model No<space>Serial No<space>Address टाइप गरी ३४३४३ मा एसएमएस गरी बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ।

यसबाहेक थुप्रै आकर्षक 'स्योर सट' उपहारहरुको समेत व्यवस्था गरिएको छ। प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको 'महा क्यास ब्याक' पाउन सकिने कम्पनीले जनाएको छ।

यो योजना भाद्र २० गतेदेखि सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ।