• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विश्व खाद्य लगायतका अन्तर्राष्ट्रिय संस्थालाई कालोसूचीमा राखी कारबाही गर्न सर्वोच्चको आदेश

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १९:३७
1140x725

काठमाडौं- सर्वोच्च अदालतले विपत्तिको समयमा गुणस्तरहीन खाद्य सामग्री उपलब्ध गराउने संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी, सेभ द चिल्ड्रेन र अन्य संस्थालाई कालोसूचीमा राखी तत्काल कारबाही गर्न आदेश गरेको छ। 

न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले भूकम्प, बाढी र अन्य विपत्तिको समयमा नेपालभित्र कार्यरत रही कुहिएका, सडेको चामल र खाद्य सामग्री उपलब्ध गराएको भन्दै यस्तो फैसला सुनाएको हो।  

सर्वोच्चले यसबारे २०७३ पुस १३ मा फैसला सुनाउँदै ६ बुदेँ निर्देशनात्मक आदेश जारी गरेको थियो। फैसला भएको १ वर्षपछि सार्वजनिक गरिएको पूर्णपाठमा ‘जनताको जिउज्यान,स्वास्थ्य र सुरक्षाउपर खेलवाड गर्ने छुट खाद्य वितरणमा संलग्न अन्तर्राष्ट्रिय संस्था वा सोसँग जोडिएका गैरसरकारी संस्था कसैलाई पनि नभएको भनिएको छ।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पमा संयुक्त राष्ट्र संघ (युएन) सहितका अन्तर्राष्ट्रिय संस्थाले वितरण गरेका खाद्य सामग्री कुहिएको, ढुसी परेको र गलेको प्रधानमन्त्री कार्यालयले समेत स्वीकार गरेको भन्दै सर्वोच्चले यस्ता संस्थालाई उन्मुक्ति दिन नमिल्ने फैसला सुनाएको हो। 

भूकम्प पीडितलाई वितरण गर्न भन्दै गोरखा र सिन्धुपाल्चोकमा लगिएका चामल र दाल अखाद्य भएको प्रधानमन्त्री कार्यालयको अनुगमनमा समेत पाइएको थियो। उक्त चामलले पीडितहरुको स्वास्थ्यमा हानी पुर्‍याएको भन्दै अधिवक्ता भूपेन्द्रबहादुर तमाङले २०७२ भदौ २१ मा सर्वोच्च अादालतमा रिट दायर गरेका थिए। 

उक्त रिटमा अन्तिम सुनुवाई गर्दै न्यायाधीशद्वयले संविधानले ग्यारेन्टी गरेको खाद्य अधिकारमा हनन पुर्‍याउनेलाई कानुनी रुपमा छुट नदिनू भनी फैसला सुनाएको हो।  

‘मानवले बाँच्न पाउने अधिकार समेतलाई मध्यनजर राखी विश्व खाद्य संस्थान स्थापना भएको हो, नेपाल सरकारको स्वीकृति अनुसार विश्व खाद्य संस्थानले नेपालका विभिन्न क्षेत्रमा खाद्य वस्तु वितरण गर्ने गरेकोमा २०६६ सालमा जाजरकोटमा वितरण गरेको चामल गुणस्तरहीन, कुहिएको र ढुसी परेको पाइएको थियो,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘यस सम्बन्धमा २०६६ साउन २४ मा मानवअधिकार आयोगले समेत पत्रकार सम्मेलन गर्दै कारबाही गर्न भनेको थियो, तर यस्तो महत्वपूर्ण विषयमा सरकारबाट कुनै चासो दिइएन। त्यसतर्फ कुनै कारबाही भएन।’ 

२०७२ वैशाख १२ मा आएको भूकम्पपछि विश्व खाद्य संस्थान, नेपाल रेडक्रस सोसाइटी, सेभ द चिल्ड्रेनले कुहिएका चामल गोरखाको लार्पाक र सिन्धुपाल्चोकमा वितरण गरेको प्रधानमन्त्री कार्यालयले लिखित जवाफका क्रममा स्वीकार गरे पनि हालसम्म कुनै कारबाही नगरेको सर्वोच्चको फैसलामा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चामल राखेको गोदामको निरीक्षण गर्दा कुहिएको एवं डल्ला परेको अवस्थामा नमूना संकलन भएको प्रधानमन्त्री कार्यालयले पेश गरेको लिखित जवाफमा स्वीकार गरेको देखिएकाले वितरण गर्ने संस्थाहरुको नियत गलत रहेको सर्वोच्चको फैसलामा उल्लेख छ। 

‘संविधानमा खाद्य अधिकार सुरिक्षित हुने, तर विपतका समयमा वितरण हुने खाद्य वस्तु अखाद्य हुनु स्वीकारयोग्य कुरा होइन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जनतालाई बस्तु् वा सेवा उपलब्ध गराउने कुनै पनि संस्था चाहे राष्ट्रिय वा अन्तर्राष्ट्रिय ती सबैले उत्तरदायी ढंगले कार्य गर्नुपर्छ।’ 

नेपालजस्तो विकासोन्मुख मुलुकहरुमा अन्तर्राष्ट्रिय एजेन्सीहरुका काम हेर्दा नीति निर्माण वा त्यसको लबिग गर्ने काममा चुस्त र दुरुस्त देखिएको तर खाद्यान्य वितरणमा नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ। 

‘सरकारले आफ्नो घर सही र दुरुस्त राख्नु पर्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘आवाज नभएका, भोकमारीले सताइएका वा विपत्तिमा परेका जनताको भाग्यसँग खेल्ने छुट कानुनले कसैलाई पनि दिँदैन। साथै, अन्तर्राष्ट्रिय संस्थाहरुबाट भएका अनुत्तरदायी कार्यलाई हरतरहले निरुत्साहित गरिनुपर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्देशनात्मक आदेश
सर्वोच्चले आगामी दिन यस्ता कार्यलाई रोक्न आवश्यक  भन्दै ६ बुदेँ निर्देशनात्मक आदेश जारी गरेको छ। खाद्य वितरण यसअघि नै समाप्त भएकाले रिट जारी खारेज हुने फैसला भए पनि वितरणमा संलग्नहरुलाई भने कालोसूचीमा राख्न सर्वोच्चले भनेको छ। 

नेपालले बर्सेनिजसो कुनै न कुनै राष्ट्रिय विपत्ति ब्योहोर्नुपरिरहेको हुदाँ नागरिकको खाद्य सम्बन्धी हकको सम्मान गर्न खाद्य सुुरक्षा र भोकमरीको जोखिमबाट जोगाउन देशका विभिन्न ठाउँमा सहजरुपमा वितरण हुन सक्ने प्रयाप्त खाद्यान्य भण्डारणको व्यवस्था गर्नु र त्यस्तो खाद्यन्य उच्च गुणस्तरको हुनुपर्ने निर्देशनात्मक आदेशमा उल्लेख छ। 

विपत्तिको स्थितिमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने खाद्यान्नहरु परीक्षण गरेपछि मात्र वितरण गर्न र दुषित,सडे गलेका खाद्य वस्तुको सहायता अस्वीकार गर्न आदेशमा भनिएको छ। 

यस्तो छ निर्देशनात्मक आदेश

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्