• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सगरमाथा शिखर चुम्दै पञ्चकन्या

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०७४  ०१:२३
1140x725

काठमाडौं– २०७३ माघ महिनाको चिसो दिन।

पाटनढोकास्थित यलमाया केन्द्रमा जर्मनी लेखिका आना फ्य्राङ्कले लेखेको ‘द डायरी अफ योङ गर्ल’ को नाटक मञ्चनको तयारी भइरहेको थियो। दर्शकको भिड खचाखच थियो।

नाटककी ‘लिड क्यारेक्टर’ थिइन् रोजिता बुद्धाचार्य। नाटक मञ्चनका लागि केही मिनेट मात्र बाँकी थियो।

रोजिताको कानमा रुन्चे स्वरमा एक जनाले भने, ‘रोजिता तिम्रो बुबा बित्नुभयो। अब घर जानुपर्ने भयो…।’

रोजिता अवाक् भइन्। आँखामा टिलपिल-टिलपिल आँसु आयो। 

नाटककी ‘लिड क्यारेक्टर’ नै शोकमा परेपछि आयोजक नाटक मञ्चन स्थगित गर्ने तयारीमा थिए।

रोजिताले भनिन्, ‘नाटक नरोकौं। अहिलेसम्म म एक्लै पीडामा छु। यदि मैले नाटक गरिनँ भनेँ यहाँ आएका धेरैले दुःख पाउनेछन्। त्यसकारण म नाटक सकेपछि मात्र घर जान्छु। मेरा कारण अरुलाई दु:खी बनाउँदिन।’

नाटक सुरु भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

रोजिताले पितृशोकको पीडालाई नाटकको पात्रमा कतै ल्याइनन्।

नाटक सकियो। सबैले तारिफ गरे।

रोजिता सिधै घर गइन्।

नाटक सकिएपछि बल्ल दर्शकले थाहा पाए, रोजिताले शोकको घडीमा पनि अभिनय गरेकी थिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धेरैले भने, ‘साँच्चै आँटिली रहिछन् रोजिता।’

०००

उक्त नाटक हेर्न पुगेकी थिइन्, रोशा बस्नेत पनि। राष्ट्रिय समाचार समितिमा कार्यरत बस्नेत सगरमाथामा महिला पत्रकारहरुको आरोहण गर्ने परिकल्पनाकार हुन्।

रोजिताको आँटिलो मन देखेर रोशाले खोजी गरिन्, ‘मलाई यस्तै दरिलो मुटु र साहस भएको साथी चाहिएको छ।’

त्यतिबेलासम्म रोशालाई रोजिता पत्रकार हो भन्ने थाहा थिएन। उनलाई लागेको थियो रोजिता, रंगकर्मी मात्र हुन्।

त्यसको केही दिनपछि रोशाले थाहा पाइन्, ‘रोजिता पनि पत्रकार हो र उनी नेपाल टेलिभिजनमा काम गर्छिन्।’

तुरुन्तै मोबाइल नम्बर पत्ता लगाएर फोन हानिन्। 

मोबाइलमा आवाज आयो, ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।’ पुन: नम्बर डायल गरिन्। फेरि त्यही आवाज दोहोरियो।

०००

रोजिता ‘एना इन द ट्रपिक्स’ नामक नाटक मञ्चनका लागि भारत गएकी थिइन्।

भारतबाट प्लेनमा फर्कने क्रममा रोजिताले साथीहरुलाई हिमाल देखाउँदै यसको सौन्दर्यको वर्णन गरेकी थिइन्।

नेपाल आइन्। रोशासँग भेट भयो। 

रोशाले प्रस्ताव राखिन्, ‘महिला पत्रकारको समूह सगरमाथा चढ्दैछौं, तिमी पनि  हामीसँगै सगरमाथा चढ्ने हो?’

रोजिताले तुरुन्तै उत्तर दिन सकिनन्। घरमा सल्लाह गरेर जवाफ दिने जानकारी दिइन्।

बुबा बितेको २० दिन मात्र भएको थियो। रोजिताले सगरमाथा चढ्न जाने योजना सुनाउँदा घरका सबै चकित परे। उनले गाली पाइन्। भन्छिन्, ‘मेरो प्रस्ताव घाउमा नुन छर्केजस्तो भयो। उल्टै गाली खाइयो।’

कुरामा भन्दा काममा विश्वास गर्ने रोजिताले परिवारको सहमति नभए पनि सगरमाथा चढ्ने अठोट लिइन्। 

रोशालाई भनिन्, ‘दिदी आई एम रेडी टु क्लाइम्ब माउन्ट एभरेस्ट।’

आजसम्म पनि रोजितालाई सगरमाथा चढ्ने विषयमा परिवारबाट पूर्ण सहमति आइसकेको छैन।

भन्छिन्, ‘म कुराले भन्दा पनि कामले बुझाउने नेचरको मान्छे। त्यसकारण सगरमाथा चढ्ने विषयमा पनि म सफल भएर देखाउनुछ।’ 

सगरमाथा आरोहणका लागि यतिबेला उनी समूहका अन्य चार साथीझैं कठिन शारीरिक अभ्यासमा जुटिरहेकी छिन्। अहिले उनी हरेक दिन बिहान ५ बजेदेखि शारीरिक व्यायाम तथा अन्य अभ्यासमा खटिन्छिन्। २० देखि २५ किलोग्राम तौलको झोला बोकेर घन्टौं हिडिरहन्छिन्।

पत्रकारिता र रंगकर्मलाई पनि त्यसै अनुसार मिलाइरहेकी छिन्।

०००

पाँच जनाको महिला समूहमा परिवारबाट अझै पनि पूर्ण सहयोग नपाएकी अर्की पत्रकार हुन्, कल्पना महर्जन। 

मेघा टेलिभिजनमा कार्यरत महर्जन विवाहित हुन्। उनको ६ वर्षको बच्चा छ।

आफूलाई जन्म दिन बाबुले त उनलाई ‘म मरेँ भनेर सम्झे हुन्छ’ समेत भनेका छन्।

‘मेरो मन रोएको छ, म जसरी पनि सफल भएर देखाउँछु,’ उनी गर्विलो स्वरमा भन्छिन्। सगरमाथा चढ्न जाने विषयमा सुरुमा त उनको श्रीमान्‌ले पनि सहमति दिएका थिएनन्।

पर्यटन क्षेत्रमा काम गर्दै आएकी कल्पना सन् २०१४ मा सोलुखुम्बुको म्यारापिक हिमाल आरोहणका क्रममा नराम्ररी बिरामी परेकी थिइन्। उनलाई तुरुन्तै उद्धार गरिएको थियो। त्यतिबेला उनी ७ दिन कोमामा पुगेकी थिइन्।

उक्त घटनाले पनि हो कल्पनालाई श्रीमान् र घरबाट सहमति पाउन गाह्रो भएको। तर, कल्पनालाई विगतको उक्त छाप मेटाउनुछ। हिमाल चढ्न सक्छु भन्ने प्रमाणित गर्नुछ।

उनी हिमाल पुन: चढ्ने अवसरको खोजीमा रहेको समयमा सगरमाथा जाने प्रस्ताव आएको थियो। रोशाबाट आएको उक्त प्रस्तावलाई उनले सहजै स्वीकार गरिन्।

तर, यो विषयमा उनले लामो समयसम्म घरमा जानकारी नै दिइनन्। 

हरेक दिन मर्निङ वाक, शारीरिक अभ्यास, गह्रुँगो झोला बोकेर हिँड्ने तथा अन्य अभ्यासमा भने व्यस्त भइन्।

सगरमाथा आरोहणमा जाने महिला पत्रकारहरुले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेको समाचार र फोटो सञ्चारमाध्यममा आएपछि मात्र उनको परिवारले उनी जान लागेको थाहा पाएका थिए।

सगरमाथा चढ्ने अभ्यासका क्रममा केही समयअघि उनीहरुले रामदुम हिमालको सफल आरोहण गरिसकेका छन्। 

कल्पनाले उक्त हिमाल आरोहणका लागि घरबाट निस्केपछि मात्र श्रीमान्‍लाई एसएमएस गरेकी थिइन् भने हिमाल आरोहण पूरा भएपछि घरमा फोन गरेकी थिइन्। निडर र जिद्दी स्वभावकी कल्पनालाई अहिले श्रीमान्‌ले उनलाई पनि साथ दिएका छन्। उनी पनि हरेक दिन बिहान कल्पनासँगै उठ्छन् र मर्निङ वाक जान्छन्।

०००

कल्पना सानैदेखि साहसी काम गर्न रुचाउँथिन्। ललितपुर सानागाउँमा साइकल चलाएर हिँड्ने उनी पहिलो केटी थिइन्। त्यतिबेला उनलाई धेरैले बिग्रिएकी केटी भनेर आरोपसमेत लगाए। तर, उनले कहिले हरेश खाइनन्। उल्टो त्यसको विरुद्धमा विद्रोह गरिन्।

पत्रकारितामा लागेपछि उनले रक क्लाइम्बिङ प्रतिस्पर्धामा दुई पटक प्रथम स्थान हासिल गरिसकेकी छिन्। दोस्रो पटकको प्रतियोगितमा प्रथम हुँदा त उनी साढे दुई महिनाको सुत्केरी थिइन्।

विवाह गरिसकेकी र बच्चा भइसकेकी महिलाले केही पनि गर्न सक्दैनन् भनेर उनलाई धेरैले भनेका थिए।

‘रक क्लाइम्बिङबाट मैले धेरैको मुख बन्द गराइसकेको छु,’ उनले भनिन्, ‘अब सगरमाथा आरोहण गरेर विवाहित महिलाले जे पनि गर्न सक्छन् भन्ने प्रमाणित गर्छु।’ 

०००

न्युज २४ मा खेलकुद पत्रकारका रुपमा कार्यरत प्रियालक्ष्मी कार्की आरोहण दलकी अर्की सदस्य हुन्। काठमाडौं अनमानगरमा हुर्केकी कार्कीको परिवारले पनि सुरुमा सहमति दिएको थिएन।

‘यसको रहर मात्र हो, दुई-चार दिन चुरिफुरी गर्छे अनि सक्दिन भनेर बस्छे’ भन्थे उनको परिवारले।

तर, प्रियालक्ष्मीको निरन्तर मेहनत र परिश्रम देखेर परिवारका सदस्य पनि छक्क परेका छन्।

अनामनगरबाट उत्तरतिर देखिने हिमालको सौन्दर्यबाट सधैं मोहित हुने प्रियालक्ष्मीलाई सगरमाथा आरोहणको प्रस्ताव आउनु सबैभन्दा ठूलो अवसर थियो। 

‘मर्नुभन्दा अगाडि जसरी पनि सगरमाथा पुग्छु भन्ने सोचिरहेको समयमा यस्तो अवसर आयो, कसरी नाइँ भन्न सक्छु र,' उनी ढुक्क छिन्, 'अब मेरो सपना पूरा गरेरै छाड्छु।’

यसअघि उनी सन् २०१० मा पनि सगरमाथा जाने योजनामा थिइन्। यसका लागि उनले केही प्रयास पनि गरिन्। तर उमेर सानो भएका कारण त्यति बेला जाने योजना असफल भएको थियो। 

‘अब भने म शारीरिक तथा मानसिक रुपले पनि सगरमाथा चढ्न तयार छु। र सगरमाथामा जाने दिनगन्ती गर्दै तयारीमा जुटिरहेको छु,’ प्रियालक्ष्मीले भनिन्।

०००

कुनै योजना तथा कार्यतालिकाबिना नै यात्रा गर्न र जोखिमयुक्त काम गर्न रुचाउने देउराली चाम्लिङ आरोहण दलकी अर्की सदस्य हुन्। स्वतन्त्र पत्रकार चाम्लिङ निडर छिन् र एक्लै यात्रा गर्दै देशका कुनाकाप्चा पुग्छिन्। 

कहिले प्याराग्लाइडिङमा उडिरहेकी हुन्छिन् त कहिले बन्जी जम्पमा।

स्वतन्त्र जीवन जिउन रुचाउने उनलाई सगरमाथा आरोहणका लागि घरमा अरुको झैँ मनाइरहनै परेन। 

गाउँमा महिला भएर हलो जोत्ने विद्रोही आमाकी छोरी चाम्लिङको परिवारले सहजै उनको निर्णयलाई स्वागत गर्‍यो। आमाले त झन् गर्वका साथ मेरी छोरी सगरमाथा चढ्दैछिन् भन्दै गाउँमा आफैँ खबर सुनाउन थालिन्।

आफूलाई मनमा लागेको कुरा गरेरै छाड्छिन् चाम्लिङ। उनलाई ५/६ वर्षअघि नै ‘सगरमाथा चढ्न पाए त’ भन्ने लागेको थियो।

यो पटक उनलाई सगरमाथा चढ्ने संयोग भने कवि विप्लव प्रतीकले जुराइदिएका हुन्। ‘विप्लव दाइलाई एक पटक सगरमाथा चढ्ने विषयमा भनेको थिएँ,’ उनले भनिन्, ‘रोशाहरुको योजनाका बारेमा दाइलाई थाहा रहेछ, उहाँले रोशाको नम्बर दिनुभयो र म फोन गर्दै उहाँसँग जोडिन पुगेँ।’ 

०००

‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ को परिकल्पना गर्ने रोशाको आफ्नै परिवारले भने सुरुमै सहमति दिएको थियो।

 ‘सुरुमा आफैं कन्भिन्स भएँ अनि परिवारलाई मनाउँदै अरु साथीको खोजी गरेँ,’ रोशाले टिम व्यवस्थापनका बारेमा जानकारी दिइन्, ‘साँच्चै टिम बनाउन निकै गाह्रो भयो। सुरुमा हामी १३ जना थियौँ, पछि ७ जना हुँदै अन्तमा ५ जना मात्र छौं।’

उनले राष्ट्रपति भण्डारीले ५ जनाको यो समूहलाई ‘सगरमाथा शिखर चुम्न खोज्ने पञ्चकन्या’ भनेर संज्ञा दिएपछि झन् हौसला मिलेको बताइन्। 

०००

‘समानताका लागि बुलन्द आवाज’ नारासहित उनीहरु सगरमाथाको आरोहणमा जाँदै छन्। मौसमको अनुकूलता अनुसार उनीहरु मार्चको अन्तिमतिर काठमाडौंबाट प्रस्थान गर्नेछन्।

उनीहरुलाई आरोहणका बारेमा तालिम तथा आवश्यक अभ्यास गराउन १२ पटक सगरमाथा आरोहण गरिसकेका फुर्वा तेञ्जिङ शेर्पाले सहयोग गरिरहेका छन्। अभ्यासकै क्रममा उनीहरुले दोलखाको ५ हजार ९ सय ९१ मिटरको रामदुङ र ५ हजार ६ सय ३० मिटर उचाइको यालुङरी हिमालको सफल आरोहण गरिसकेका छन्।

सगरमाथा जान आफ्नो शरीरलाई मजबुत बनाउन उनीहरु हरेक दिन बिहान प्रदर्शनीमार्गस्थित नेपाल प्रहरीको क्लबमा जिम गर्न पुग्छन्। पाँचै जनाले आ–आफ्नो झोलामा २० देखि २५ किलोग्रामका सामान राखेर दिनभरि बोकेर यात्रा गरिरहेका हुन्छन्। 

सगरमाथा चढ्न ठूलै रकम चाहिने भएका कारण उनीहरु विभिन्न संघसंस्थामा समेत सहयोगको माग गर्दै पुगिरहेका हुन्छन्। यसबीच उनीहरुलाई सहयोग गर्ने थुप्रै संस्थाहरु आइसकेका छन्। रोशा भन्छिन्, ‘सहयोगी हातहरु बढिरहेका छन्। सँगसँगै हामीलाई हौसला बढाउनेहरु पनि।’

आरोहणको दिन नजिकिँदै जाँदा पाँचै जनाले नेपाल लाइभसँग भने, ‘एस वी क्यान, एन्ड वी आर रेडी टु गो माउन्ट एभरेस्ट। वी आर वेटिङ फर द डे।’

प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  ०१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्