धनगढी- प्रदेश नम्बर ७ को सभामुखको निर्वाचन आगामी २९ गते हुने भएको छ। प्रदेशसभाको आइतबार भएको पहिलो बैठकले निर्वाचन मिति तय गरेको हो।
धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेश ७ का सबै ५३ सांसदको उपस्थिति थियो।
बैठकको सुरुमा प्रदेश प्रमुख मोहनराज मल्लद्वारा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो। बैठकमा संसद् अधिवेशन सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र संसदमा बोल्ने सांसदका विषय कार्यसूची थिए।
बैठकले सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूमा माया भट्ट (एमाले), देवराज पाठक (कांग्रेस), वीरमान चौधरी (माओवादी केन्द्र), पूर्णा जोशी (एमाले) र कृष्णबहादुर चौधरी (राजपा) लाई मनोनयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।