बुटवल– प्रदेश ५ को पहिलो बैठक सम्पन्न भएको छ। सो प्रदेशको पहिलो संसद् बैठक दिउँसो १ बजेदेखि करिब एक घन्टा बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बसेको थियो।
पहिलो बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ। यस्तै, सभामुखको निर्वाचन फागुन २ गते गर्ने तय गरिएको छ।
प्रदेशसभाको पहिलो बैठकलाई ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए।
प्रदेश ५ मा ८७ जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।