काठमाडौं- धारिलो हतियारको बिँडमा १० वटा सुनका बाला लुकाएर ल्याउँदै गरेका एक व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ।
हतियारकाे बिँडमा ५० ग्रामका १० वटा बाला लुकाएर ल्याएको भेटिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा कास्कीका ५३ वर्षीय सन्तोष नेपाली छन्। बुधबार बिहान कतारको दोहाबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौं आएका थिए। सो क्रममा जाँच गर्ने बेला उनले बोकेको झोलामा सुनको बिँड भएको २ वटा चक्कु भेटिएको हो। नेपालीलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।