सुर्खेत- प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै सकिएको छ।
सिंचाइ डिभिजन कार्यालयको सभाहलमा आइतबार दिउँसो १ बजे बसेको बैठकमा तीन विषयमाथि छलफल गर्ने कार्यसूची अनुसार संसदको कारबाही अघि बढेको थियो।
संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरुको विषयमा कार्यसूची अनुसार बैठक अघि बढेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
कार्यसूची अनुसार बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको हो। प्रदेश ६ मा ४० जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।