जनकपुर– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमसँग मिलेर सरकार गठन गरिने बताएका छन्।
जनकपुरमा आइतबार २ नम्बरको पहिलो प्रदेशसभा बैठक अगाडि पत्रकारसँग कुरा गर्दै नेता महतोले प्रदेशसभा बैठक सुरु भएसँगै सरकार गठनको छलफलले औपचारिकता पाउने बताए।
‘फोरमसँग पटकपटक अनौपचारिक वार्ताहरु भएका छन्’, महतोले भने, ‘आज प्रदेशको पहिलो बैठक भएपछि सरकार गठनको औपचारिक छलफल सुरु हुन्छ।’
जनताले मिलेर सरकार बनाउने म्यान्डेट दिएको बताउँदै महतोले त्यसको सम्मान गर्ने प्रयास गरिने बताए।
प्रदेश सरकार गठनमा औपचारिक रुपमा छलफल अगाडि बढ्न नसक्दा मधेसकेन्द्रित दुई पार्टीभित्र विभिन्न आशंका उब्जिएको छ।
अनौपचारिक कुराकानीमा राजपाका नेताहरुले फोरमले एमालेसँग मिलेर प्रदेश सरकार गठन गर्न प्रयास गरेको आरोप लगाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।