धनगढी- प्रदेश ७ को पहिलो संसद् बैठक सुरु हुँदैछ।
बैठककका लागि अधिकांश सांसद आइपुगेका छन्। केही सांसद मात्र बाँकी छ। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्यश्वरीले शाह अध्यक्षता गर्नेछिन्।
संसदको पहिलो अधिवेशनको सुरुमा प्रदेश प्रमुख मोहनराज मल्लको प्रदेशसभा बैठक आह्वान सम्बन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाउँदैछिन् र दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधी पास गरिने कार्यक्रम तय भएको छ।
यस्तै, अधिवेशनमा दलका तर्फबाट एक/एक जना सांसदले विशेष समय लिएर बोल्ने कार्यसूची बनेको छ।
७ नम्बर प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना प्रदेश सांसद रहेका छन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।