• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ मा यसरी चल्दैछ ऐतिहासिक पहिलो प्रदेशसभा बैठक

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  ११:०४
1140x725

महेन्द्रनगर, धनुषा- पत्रकारिता पेसा गर्दै प्रदेशसभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ। 

प्रदेशसभा सदस्य यादव मात्रै होइन सम्पूर्ण जनकपुरधामवासी र २ नं प्रदेशवासीले यो बैठकका लागि व्यग्र प्रतीक्षा गरिरहेका छन्। 

'संघीयता कार्यान्वयनको औपचारिक सुरुआत पनि पहिलो बैठकबाटै हुन्छ। संघर्षले प्राप्त प्रदेश भएकाले सहिदको योगदान र उनीहरूले कल्पना गरेको विकासको चाहनामा संसद् बैठक केन्द्रित हुने अपेक्षा गरेको छु,' यादव भन्छन्।

प्रदेश नं २ को पहिलो प्रदेशसभा बैठक आज जनकपुरको कुवारामपुरस्थित शिक्षा कार्यालय तथा शिक्षक तालिम केन्द्रलाई बनाइएको प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। 

प्रदेशसभा बैठकलाई मध्यनजर गर्दै सभाहल तयारीको काम शनिबार रातभरि गरेर आइतबार बैठक सञ्चालन गर्नेगरी भएको छ। 

बैठकका लागि सभाहल सिँगारिएको छ। सभाहलमा कुर्सी र डेस्क लगाउने, साउन्ड सिस्टमको व्यवस्था, लाइट राख्ने कामसमेत सम्पन्न भएको छ। सभाहलको मूल गेटमै मिथिला आर्ट राखिएको छ। प्रदेशसभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ। 

प्रदेशसभाको बैठकको तयारीमा जुटेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका इन्जिनियर महेश साहले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको बताए। जसमध्ये १०७ प्रदेशसभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको छ।

सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेशसभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको इन्जिनियर साहले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

बैठक सञ्चालनमा सहयोग गर्ने राष्ट्रसेवक तथा मर्यादापालकहरूलाई संसद् सचिवालयबाट खटिआएका सहसचिव वंशीराज पौडेल नेतृत्वको चार सदस्यीय टोलीले तालिम दिएको छ। संसद् सचिवालयका सहसचिव पौडेलका अनुसार प्रदेशसभाका लागि ५० जनपथ प्रहरीको दरबन्दी छुट्याइएको छ। तीमध्ये २१ जना मर्यादापालकको भूमिकामा तथा बाँकीका २९ जना प्रदेश सभा बाहिरको सुरक्षामा तैनाथ गरिनेछ। 

मर्यादापालकहरूलाई संसद् सचिवालयका कर्मचारीले खटनपटन गर्नेछन् भने सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयले काममा लगाउने छन्। बाहिरको सुरक्षा भने सशस्त्र प्रहरीको जिम्मा दिइएको छ। 

गत बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरूका लागि कफी रङको कोट र लोगो निर्धारण गरेको थियो। भित्री पोशाक भने आफूखुसी लगाउन पाउने निर्णय गरिएको छ। मर्यादापालकले सफारी सुट लगाउने र भाषामा राष्ट्रिय भाषाबाहेक आफ्नो मातृभाषाको प्रयोग गर्न पाउने निर्णय गरिएको छ। 

केके हुन्छ पहिलो बैठकमा? 
पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्दैछन्। ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क) का एमाले विधायक हुन्। बैठकको शुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनेछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश नं २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेताको शनिबार साँझ बसेको कार्यव्यवस्था तथा सर्वदलीय परामर्श समितिको बैठकले उक्त कार्यसूची तय गरेको हो। सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेश सभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ। 

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रदेशसभाका केही सदस्य मनोनयन पनि पहिलो बैठकबाटै गरिनेछ। 

प्रदेशसभाको पहिलो बैठक भएकाले सभामा उपस्थित दलका एक–एक जनालाई सम्बोधन गर्न समय दिइनेछ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

त्यस्तै प्रदेशसभाको प्रथम बैठकमा दलका तर्फबाट बोल्न पाउने समयसीमा पनि निर्धारण गरिएको छ। प्रदेशसभामा प्राप्त सिट संख्याका आधारमा संघीय समाजवादी फोरमलाई सबैभन्दा बढी १४ मिनेट, राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्न पाउनेगरी समय उपलब्ध गराउने निर्णय सर्वदलीय बैठकबाट गरिएको सचिवालय सचिव पौडेलले बताए।रासस

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्