काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न माग राखी भइरहेको आन्दोलन प्रति ध्यानाकर्षण भएको बताएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी युनियनले गरेको तालाबन्दी प्रति ध्याकर्षण भएको बताएको हो।
मन्त्रालयले कुनै पनि विषयका प्रवेश परीक्षा निर्बाध रुपमा सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गर्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित पक्षसमक्ष आग्रह गरेको छ।
चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका चिकित्साशास्त्र तर्फका डीन तथा परीक्षा शाखा कार्यालयमा तालाबन्दी गरेपछि ऐनको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी सार्वजनिक गरेको हो।
हेरौँ विज्ञप्तिको पूर्ण पाठ


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।