रौतहट- कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण सुरु गरेको एकीकृत नमुना सन्तपुर बस्तीको निर्माण कार्य सकिएको छ। माघ २३ गते बस्तीको हस्तान्तरण गरिने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका कट्टेलले बताए।
रौतहटको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुरमा निर्माण भएको बस्तीमा ४५ भन्दा बढी घर छन्। धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको बस्तीमा एक सामुदायिक भवन, मन्दिर, धारा, सार्वजनिक शौचालय, आधारभूत तहको स्कुल लगायतको संरचना पनि तयार भएको छ। भ्यु टावरका साथै बगैंचा पनि निर्माण गरिएको छ।

यो बस्तीमा अब मुसहर, दुसाध, लोहार र हजामका परिवारले आश्रय पाउने भएका छन्।
असोज ४ गते शिलान्यास गरिएको बस्ती झन्डै ६ करोड लागतमा बनेको हो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।