काठमाडौं- जिल्ला अदालत चितवनको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाटन उच्च अदालतको हेटौंडा इजलास पुगेका छन्।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका हुन्।
जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने उल्लेख छ। यस्तै विदेश जानुअघि जिल्ला अदालतको अनुमति लिनुपर्नेछ।
लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए। कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई साधारण तारेखमा रिहा भएका छन्।
पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।