काभ्रे– दुर्घटनामा पैदलयात्रुको मृत्यु भएपछि बनेपामा स्थानीयहरुले तोडफोड गरेका छन्। स्थानीयहरुले प्रहरी निरीक्षकमाथि समेत दुव्र्यवहार गरेका छन्। इन्सपेक्टरमाथि नै दुव्र्यबहार भएपछि प्रहरीले हवाई फायर गरेको छ।
बा ४ ख ३३२४ नं को टिप्परले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। लगत्तै स्थानीयहरुले गाडीहरुमा तोडफोड सुरु गरेका थिए।
सम्झाउन गएका इन्सपेक्टर सुनिलजंग शाहमाथि नै दुव्र्यबहार गरेका थिए। शाहको तीन केही दाँत भुटेका छन्। त्यसपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फायर गरेको थियो।
ठक्कर दिने टिप्परका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।