काठमाडौं– नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन आफ्ना पार्टीका मतदाताहरुलाई ह्वीप जारी गरेको छ। मतदानको बेलमा देश बाहिर नजान समेत कांग्रेसले निर्देशन दिएको छ।
राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ।
काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट निर्वा्चित प्रदेशसभाका सदस्य र स्थानीयतहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली काँग्रेस पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन गरिएको छ। राष्ट्रियसभा निर्वाचमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।