धनुषा- प्रदेश नम्बर २ को संसदीय दलका नेता छान्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक शनिबार जनकपुरमा बस्दै छ।
बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित पाँच वटै सदस्य र राजपा नेपालबाट प्रत्यक्ष एवं सामानुपातिकतर्फका प्रदेशसभा सदस्यसहित ३१ जनाको सहभागिता रहनेछ।
शनिबार सर्वसम्मतबाट संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको राजपाका नेता प्रमोद साहले बताए। साहका अनुसार, आइतबार प्रदेश २ को पहिलो बैठक बस्ने भएकाले संसदीय दलका नेता छान्नु नै बैठकको मुख्य कार्यभार छ।
बैठकमा संसदीय दलका नेताका लागि राजपाका जितेन्द्र सोनल, नवल किशोर साह, मनिष सुमन र राम नरेश रायको नाम चर्चामा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।