काठमाडौं– चैतन्य मिश्रको नयाँ पुस्तक 'लोकतन्त्र र आजको मार्क्सवाद' सार्वजनिक भएको छ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकमाथि प्रदीप गिरि, आहुति तथा विन्दा पाण्डेले धारणा राखेका थिए।

पुस्तकमा प्रजातन्त्रको उदय र संकट; लोकतन्त्र गणतन्त्र र दलतन्त्र; सामाजिक लोकतन्त्र र समाजवाद; माओवाद र आजको मार्क्सवाद; परिशिष्ट गरी पाँच भागमा समेटिएका मिश्रका तीन दर्जन लेखहरुलाई प्रस्तुत गरिएको छ। विभिन्न पत्रपत्रिका, म्यागेजिन तथा जर्नलहरुमा पहिल्यै प्रकाशित अधिकांश लेखहरु समेटिएको यो पुस्तकको सम्पादन राजेन्द्र महर्जनले गरेका हुन्।
पुस्तक 'बुक हिल'ले प्रकाशन गरेको हो। (फोटो– भुपेन्द्र खड्काको ट्विटरबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।