• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

झाडीमा फ्याँकिएकी म...

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  २२:०२
1140x725

फेसबुक, इन्स्टा, ट्विटर सबै सामाजिक सञ्जाल बुवाको तस्बिरले भरिएका छन्। सबैले बुवाप्रतिको माया अनि सद्भावलाई क्याप्सनमा पोख्ने प्रयास गरेका छन् । नेपालदेखि टाढा छु, उच्च शिक्षाका लागि यहाँ आएको पनि दुई वर्ष बितिसकेछ। बुवाको मुख हेर्ने दिन, मेरा लागि पनि विशेष छ।

बाल्कोनीमा गएँ, हातमा कफी लिएँ, क्षितिजमा डुब्न लागेको घामले फेरि मेरो विगतलाई एकपल्ट आँखाको पर्दा अगाडि ल्यायो।

म ती व्यक्तिहरुमध्ये एक हुँ, जसको जन्म कसरी भयो? बुवा-आमा को हुन्? नाम के हो? थर के हो? सबै प्रश्नहरुको उत्तर दिन बालिका थिएँ म। कस्ता थिए मेरा बुवाआमा? कस्तो विवशता थियो उहाँहरुलाई कि मलाई जन्म दिएर पनि आफ्नो छोरा भनेर स्विकार गर्न नसक्ने? मैले जब यो धर्तीमा पाइला टेकें, अक्सर अरुले आफ्नो आमाको काख र सामिप्यता पाउछन्, तर मेरो हकमा त्यसो भएन। म त जन्मिने बित्तिकै फ्याँकिएछु, सुनसान झाडीमा।

आमाको कोखभित्रको त्यो न्यानोपनमा रमाउँदै गरेको म अबोध बालिका, जब संसार हेर्न बाहिरी दुनियाँमा आएँ, त्यतिबेला झाडीमा फ्याँकिदा मलाई कति जाडो भयो होला? मलाई झाडीका ति काँडाहरुले कति घोचे होलान्? म नबुझ्ने नै भए पनि मेरो अर्धचेतन मनले कति आमाको काख खोज्यो होला? कतिपटक आमाको स्तनपान खोजें हुँला?

म के नै गर्न सक्थे र? तिनै पिडाहरुलाई सायद जोर-जोरले चिच्याएर कम गर्ने प्रयास गरिरहेको थिएँ होला। म रोएको देखेर बाटो हिंड्ने बटुवाले सुनेछन्। केहीबेरमा मानिसको भिड जम्मा भयो, प्रहरी पनि आए।

दया देखाउनेहरुको कमी भएन। म सायद बुझ्ने हुँदो हुँ त यस्तै भन्दै गरेको सुन्थे होला, 'कस्तो निश्ठुरी मनकी रहिछे यसकी आमा, कसरी छाड्न सकेकी होला, यती राम्री छोरीलाई?, कुन चाहिँ नाठोको भुँडी बोकेकी थिई कुन्नी?, बिचरी, आमाको दुध पनि खान पाउँदिन, अब मर्छे यो त!'

भिड समस्याको समाधान होइन तर भिड भित्रै समस्याको समाधानको बाटो भने हुँदोरहेछ। प्रहरीले तत्कालै मुचुल्का उठायो। मलाई भने बाल गृह पठाइएछ।

त्यहाँ सबैभन्दा पहिले मेरो नाम दिने काम भयो- पुष्पा। जसरी मेरो नाम फूलसँग जोडेर राखियो, त्यसरी नै फूललाई मालीले हेरचाह गरेझैं मेरो स्याहारसुसार बाल गृहका बुवा-आमाले गर्नुभयो।

Ncell 2
Ncell 2
nimb
nimb

मलाई सानोको त्यति धेरै याद त छैन, तर जति यादहरु छन्, त्यहाँ मैले कहिल्यै बुवा-आमाको अभावको आभाष गरिनँ। लाग्छ, मेरो तोते बोली फुट्दा, अनी मेरो मुखबाट पहिलोपटक 'बुवा', 'आमा' को बोली फुट्दा उहाँहरु जति खुसी यो संसारमा अरु को भए होलान्? मैले टुकुटुकु हिँड्दा, दातहरु पलाउँदा, कपाल लामो हुँदा उहाँहरुमा कति उमंग सवार भएको थियो होला?

दिन बित्दै गयो, म विद्यालय जाने भएँ। त्यो दिन अरु आफैं लाइनकभरमा गए पनि मलाई बुवाले बोकेर लानु भएको रहेछ। त्यति बेला फोटो पनि खिचिएको रहेछ। हिले पनि फोटो हेर्दा त्यो अवोध सानी केटीको मुहारमा खुलेको खुसीको रङ महसुस गर्नसक्छु। म विद्यालय जान पाउनु भन्दा बढी खुसी त सायद मैले बुवाको काख पाएको थिएँ, फोटोले त्यसै भन्छ।

समय गतिशील छ, दु:ख अनि सुख त समयको चक्र नै हो। मेरो जीवनमा दु:ख त जन्मजात उपहार नै पाएको थिएँ। तर, जीवनमा बुवा अनि आमाको साथ पनि उपहारस्वरुप पाएको थिएँ।

हामी त्यहाँ २२ जना थियौँ। सबैभन्दा सानी थिए मँ, त्यसैले पनि सबैले माया गर्थे मलाईं। त्यत्रो जनालाई खुवाउनुपर्ने, पढाउनुपर्ने अनि लुगाफाटाको व्यवस्था गर्नुपर्ने, कति तनाव हुन्थ्यो होला उहाँहरुलाई।

हामीलाई खाना ल्याउने साहुजीले उधारो पनि दिनुहुन्थ्यो। मलाई अझै याद छ, एकपटक खानेकुरा केही थिएन। साहुजी उधारो धेरै भएकाले बुवासँग रिसाएका थिए। साहुजीले बुवालाई पैसा तिर्न चर्को गरी कराइरहेका थिए। बुवाले हातको औंठी फुकालेर बुवाले भन्नुभयो- आज एकदिनका लागि भए पनि यिनको पेट भरिदिनुपर्नेछ, बरु यो राख्नुस्, भोलि त जसरी पनि मिलाउँला।

Xtrem

Xtrem

बाल गृहमा अरु पनि मजस्तै थिए। कोही मजस्तै झाडिमा फ्याँकिएका, कोही अस्पतालमै छाडिएका, कसैले आमा-बुवा गुमाएका। हामी २२ जनाकै आ-आफ्नै कथा थिए। तर, हामी समयसँगै यति अभ्यस्त थियौं कि हामीले कहिल्यै हाम्रो बुवाको कमीको आभाष गरेनौं।

बुवासँगै आमाको त्याग पनि कम्ती छैन। आफ्ना छोराछोरी र हामीमा केही फरक गर्नुभएन।

एकपटक मलाई निमोनियाले साह्रै सतायो। राति नै मलाई अस्पताल लगियो। उपचारका क्रममा धेरै खर्च लाग्यो, तर बुवाले खर्चसँग सम्झौता गर्नुभएन।

मेरो बुवा संसारकै सबैभन्दा विशाल मन भएको मान्छे हुनुहुन्छ, जहाँ मजस्ता धेरै अटाएका छौं। बुवाको त्यो काख धेरै प्यारो छ, जुन काखमा मजस्ता टुहुराहरु लुटपुटिएका छन्। बुवाका ति कर्म गर्ने हातहरु भगवानका हातभन्दा कमी छैनन्, जसले टुहुराको आँशु पनि पुछ्यो, खुवायो अनि हुर्कायो पनि।

बुवाले शिक्षाको प्रकाशले हाम्रो जीवनमा उज्यालो थप्ने काम पनि गर्नुभएको छ। हामीलाई नैतिकताको पाठ सिकाउनुभएको छ। परिश्रम गर्न सिकाउनुभएको छ। सबैभन्दा ठूलो त उहाँको जस्तो फराकिलो मन गरेर ज्यूँने आँट गर्नुछ।

तपाईंको शीर ठाडो राखिराख्न सधैं प्रयाशरत रहनेछु बुवा। मिस यू बुवा। (प्रतिकात्मक तस्बिर)

(बाल गृहका सम्पूर्ण बुवाहरुप्रति स-सम्मान समर्पित)

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्