काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने अधिकांश पदाधिकारी पदमा पनि ओली पक्षकै उम्मेदवारहरूले सफलता हात पारेका छन्।
कुल १९ पदाधिकारीमध्ये दुई जनाबाहेक सबै पदमा ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। यद्यपि, पोखरेल स्वयं भने अध्यक्ष पदमा ओलीसँग पराजित भएका छन्।
मतपरिणामअनुसार उपाध्यक्षमा गोकर्ण विष्टले १,३६८ मत प्राप्त गरे भने उपमहासचिवमा योगेश भट्टराईले १,३४८ मत हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।