• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुडान घोटालाका ठेकेदार भारती, जसले हतियार खरिदमै गरेका थिए चलखेल

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  १४:०८
1140x725

काठमाडौं– बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका ठेकेदार शम्भु भारती पक्राउ परेका छन्।

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा २०७४ बैसाख १७ गते उनलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो। इन्टरनेसनल हाउस २२३ रेजेन्ट्स स्ट्रिट लन्डन डब्लू १ बी २८ डीस्थित एस्योर्ड रिस्क लिमिटेड, लन्डनका तत्कालीन स्थायी प्रतिनिधि थिए भारती।

डडेल्धुराको साविक रुपाल गाविस-४ स्थायी घर भई ललितपुर बस्दै आएका ४९ वर्षीय भारतीलाई सर्वोच्चले १ वर्ष कैद र १४ करोड २० लाख १८ हजार ३ सय रुपैयाँ बिगोदाबी गर्ने फैसला सुनाएको थियो।

त्यसयता फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिसकिएको सिआइबीले जनाएको छ।

नेपाल प्रहरीले एफपियू मिसनमा सुडानमा खटिने प्रहरीको बन्दोबस्दीका सामान खरिदका लागि आपूर्तिकर्ता एस्योर्ड रिस्क कम्पनीसँग सन् २००७ सेप्टेम्बर ७ मा सम्झौता गरेको थियो। त्यसबेला भारती उक्त कम्पनीको नेपाल प्रतिनिधि थिए।

सम्झौताअघि कम्पनीका तर्फबाट सामानको स्पेसिफिकेसन मूल्यसमेत उल्लेख भएको कोटेसन पेस गर्नुपर्ने हुन्छ। तर, तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणाको निर्देशनमा भारतीले स्पेसिफिकेसन र क्याटलगबीना नै सामानको दररेट बनाएका थिए।

गृह मन्त्रालयबाट पठाइएका ३४ वटा सम्भाव्य कम्पनीलाई प्रतिस्पर्धामा आउन नै नदिई जम्मा ३ वटा सूचीकृत फर्मको छनोट गरिएको थियो। पछि भारतीका नाता पर्ने मानिस संलग्न रहेका अन्य दुईवटा फर्मसँग मिलेमतो गरी दरभाउपत्र पेस गर्न पत्राचार गरिएको थियो। अन्ततः सुडानमा खटिने प्रहरीको बन्दोबस्दीका सामान खरिदका लागि मिलेमतोमै भारती आफैं एजेन्ट भएको एस्योर्ड रिक्स कम्पनीले ठेक्का हात पारेको थियो।

सम्झौतापछि आइएसओ स्ट्यान्डर्डको एपिसीको सट्टा मूल सम्झौताको विपरीत ८ थान पुराना र काम नलाग्ने एपिसी सप्लाई गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

कोटेसनको सर्त नम्बर १० मा भुक्तानी प्रणाली सुरूमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने सर्त उल्लेख गरिएकोमा पछि सर्तविपरीत भुक्तानी तालिका तयार भई भारतीले एस्योर्ड रिक्स कम्पनीसँगको नाममा भुक्तानी गराएका थिए।

२७ सेप्टेम्बर २००७ को करारमा उल्लेख भएको आइएसओ स्ट्यान्डर्डका सामान हुनुपर्ने प्रावधानलाई सन् २००७ अक्टोबर १७ मा एलसी संशोधन गरी हटाएका थिए। संयुक्त राष्ट्र संघ (युएन)ले सामानको जाँच गरिसकेपछि भुक्तानी दिने कुराको समेत पालना नगरी भारतीले सामान डेलिभरी गरेर भुक्तानी लिएको अख्तियारले ठहर गरेको थियो।

एपिसीमा १२ दशमलब १५ एमएमको हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा १४ दशमलब ५ र ७ दशमलब ६२ एमएमको हतियार आपूर्ति भएको थियो। ती हतियारहरुमा सञ्चार साधन पनि नजोडिएको र वातावरण अनकूल उपकरण पनि नरहेको ठहर भएको थियो।

त्यस्तै, भारतीले प्रहरी प्रहरी प्रधान कार्यालयबाट ३ करोड १० लाख ३७ हजार ३ सय ३० रुपैयाँ लिएका थिए। तर, उक्त रकम मूल कम्पनीलाई वैध माध्यमको रूपमा बैंकिङ प्रणालीमार्फत पठाएका थिएनन्।

यसरी भारतीले एपिसी र यसको स्पेयर पार्टस् खरिद गर्दा तथा ढुवानी गर्दा खर्च भएको नेपाल प्रहरी कल्याण कोषको रकम ती सामानहरू कमसल भएको कारण युएनबाट रकम सोधभर्ना हुन नसकी आफू र मूल कम्पनीलाई गैरकानुनी फाइदा र नेपाल प्रहरीलाई हानीनोक्सानी पुर्‍याउने काम गरेका थिए।

यसरी करोडौं घोटाला गर्ने काममा उनले मतियारको भूमिका निर्वाह गरेको देखिएको थियो। करोडौं घोटालामा मुछिएको पाइएपछि 'भ्रष्टाचार निवारण ऐन, २०५९' को दफा ८ (४) र २२ बमोजिमको कसुर गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

उनलाई सर्वोच्चले १ वर्ष कैद र १४ करोड २० लाख ८ हजार ३ सय रुपैयाँ जरिवाना र त्यति नै बिगो प्रहरी कल्याण कोषले उनीबाट लिन भन्दै फैसला गरेको थियो। त्यसयता उनी फरार हुँदै आएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्