काठमाडौं- अमेरिकी एसयुभीमेकर जिपले आफ्ना एसयुभीहरूको क्षमता परीक्षण (क्यापाबिलिटी टेस्ट)गर्न चार दिने क्याम्प जिपको सुरुवात गरेको छ। नेपालका लागि जिपको आधिकारिक वितरक एमएडब्लु लाइफले बिहीबार क्याम्प जिपमा अटो मिडियाकर्मी र ‘एसयुभी इन्थुजियास्ट’हरूलाई आमन्त्रण गरेको थियो।
जसमा उनीहरूले काठमाडौं बग्गीखानास्थित साल्ट ट्रेडिङमा बनाइएको कृत्रिम अफरोड ट्रायलमा भर्खरै सार्वजनिक भएको जिप कम्पास ट्रायलहक र जिप कम्पास लिमिटेड प्लसको क्षमता परीक्षण गरे।
यो कृत्रिम अफरोड ट्रायलमा जिपको क्षमता जाँच्न रक क्लाइम्बिङ, आर्टिकुलेसन, म्यानुराबिलिटी, ठाडो उकालो र ओरालो र बलौटे अवरोधहरू राखिएका थिए। एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल आफैंले यी ट्रायलमा जिप कम्पास ट्रायलहक हाँकेर क्याम्प जिपको उद्घाटन गरेका थिए।
एक वर्षअघि औपचारिक रुपमा नेपाल भित्रिएर १० भेरियन्टको कम्पास लन्च गरेको थियो। यो अवधिमा दुई सयभन्दा बढी जिप एसयुभीहरु नेपालमा बिक्री भइसकेका छन्।

एमएडब्लु लाइफले केही दिनअघि मात्र जिप कम्पास ट्रायलहक सार्वजनिक गरेको थियो। नयाँ अल ह्विल ड्राइभ (एडब्लुडी) ट्रालयहकमा बीएस ६ इन्जिन, सुध्रित ट्रान्समिसन, फ्युलइफिसेन्सी, सुपरेरियर अफरोड क्यापालिबटी र मल्टि टेरेन मोड रहेको छ । जिप कम्पासमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन राखिएको छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएमटर्कउत्पन्न गर्छ।
९ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको यो एसयुभीमा अटो, स्नो, मड र स्यान्ड मोडसहित नयाँ रक मोड थपी आएको छ। नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य एक करोड २४ लाख ९० हजार तोकिएको छ।
एमएडब्लु लाइफले केही महिनाअघि मात्र आफ्नो फुल्लीलोडेड कम्पास लिमिटेड प्लस सार्वजनिक गरेको थियो। जुन पेट्रोल र डिजेलतर्फ टु ह्विल ड्राइभ अटोमेटिक, र डिजेलतर्फ फोर ह्विल ड्राइभ म्यानुअलमा उपलब्ध छ। यसको मूल्य ९७ लाख ९० हजार रुपैयाँदेखि १ करोड ५ लाख ९० हजार रुपैयाँसम्म रहेको छ।
क्याम्प जिप आउँदो १५ भदौ अर्थात् आगामी आइतरबारसम्म बग्गीखानामा सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।