काठमाडौं- प्राथमिक सेयर (आइपिओ) जारी गर्न करिब १ दर्जन कम्पनीहरू धितोपत्र बोर्डको प्रक्रियामा रहेका छन्। धितोपत्र बोर्डकाअनुसार बोर्डमा १ अर्ब ६२ करोड ९८ लाख ५० हजार ६ सय रुपैयाँ बराबरका १ करोड ६२ लाख ९८ हजार ५ सय ६ कित्ता प्राथमिक सेयर निस्काशनका लागि स्वीकृत हुने प्रक्रियामा रहेका छन्।
प्राथमिक शेयर जारी गर्ने प्रक्रियामा रहेका १० वटा कम्पनीमध्ये सात कम्पनी जलविद्युत क्षेत्रका, एउटा मर्चेन्ट बैंक र बाँकी २ वटा अन्य क्षेत्रका कम्पनी छन्।
बोर्डका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकोे ३३ करोड ९८ लाख ४ हजार ६ सय ३३ लाख ९८ हजार ४६ कित्ता प्राथमिक सेयर जारी गर्ने प्रक्रिया बोर्डको प्रारम्भिक अध्ययनको चरणमा रहेको छ।
केही जलविद्युत कम्पनीहरू विद्युत नियमन आयोगबाट स्वीकृति लिने र केही जलविद्युत कम्पनी लिने प्रकियामा छन्। शुभम् पावर लिमिटेडको ५ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरका ५ लाख ८० हजार ५ सय कित्ता आइपिओ जारी गर्न धितोपत्र बोर्डले विद्युत नियमन आयोगको स्वीकृतिका लागि पठाईएको छ। शुभम पावरले आयोजना प्रभावित क्षेत्रका लागि १ लाख ८० हजार ५ सय ८० कित्ता आईपीले जारी गर्नेछ।
ग्रीनलाईफ हाईड्रोपावर लिमिटेडका ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरका ३४ लाख ९६ हजार ४ सय रुपैयाँ बराबरका आइपिओ निस्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति लिने प्रक्रियामा छ।
त्यसैगरी, लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ३७ करोड ५० लाख रुपैयाँ बराबरका ३७ लाख ५० हजार कित्ता तथा युनाइटेड मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ६० लाख रुपैयाँ बराबरको १० लाख ६० हजार कित्ता आइपिओ निस्काशन गर्ने पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगको प्रक्रियामा रहेका छन्।
३ वटा जलविद्युत कम्पनीको आइपीओ भने प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको धितोपत्र बोर्डले जनाएको छ। अन्तिम चरणमा रहेका कम्पनीहरू मध्ये मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरका ७ लाख ३६ हजार सय २ सय ८६ कित्ता प्राथमिक सेयर जारी गर्नेछ।
त्यसैगरी, माउन्टेन इनर्जी नेपाल लिमिटेड ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता र शिव श्री हाइड्रो पावरको ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरका ३३ लाख ५१ हजार १ सय ४० कित्ता प्राथमिक सेयर जारी गर्नेछन्।
जलविद्युत बाहेकका अन्य कम्पनीहरूमा इमर्जिङ नेपाल लिमिटेडले ५ करोड रुपैयाँ बराबरका ५ लाख कित्ता प्राथमिक सेयर तथा सिबिआइएल क्यापिटलले ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता प्राथमिक सेयर केही समयभित्रै निस्काशन गर्ने गरी प्रक्रियामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।