काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा खुलेका बैंकमा विदेशी पुँजी आयो भनेर डराउनु नपर्ने बताउनु भएको छ।
बिहीबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुका प्रश्नको उत्तर दिँदै नेपालमा बैंकमार्फत भित्रिएको पुँजीले अर्थव्यवस्थामा सकारात्क प्रभाव पारेको भन्दै डराउनु नपर्ने बताउनु भएको हो।
नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएकोले निषेध गर्न नसकिने बताएका हुन्।
'विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको छ। विदेशी स्वामित्वका संस्था खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न हुँदैन,' उनले भने।
विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानुन, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।