भक्तपुर–भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीस्थित इँटा टायल प्रालि नामक कम्पनीमा करिब चार लाख चोरी भएको छ। लेखा शाखाबाट झ्यालको डण्डी भाँचेर प्रवेश गरी दराजमा रहेको नगद ३ लाख ९८ हजार २ सय ५५ रुपैयाँ गएराति चोरी भएको हो।
प्रहरीले कम्पनीका सुरक्षा गार्डलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।