काठमाडौं- सेवाग्राहीसँग घुस लिएका काठमाडौं महानगरपालिकाको भवन निर्माण इजाजत विभागका इञ्जिनियर सुशील चापागाईं विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
दस लाख रुपैयाँ घुससहित पक्राउ परेका चापागाईंलाई शुक्रबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। भवन निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा आयोगको टोलीले घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अख्तियारले चापागाईंले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुर गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारको आरोपपत्रमा चापागाईंबाट बरामद गरिएको रकम बराबरको बिगो र जरिवाना तथा कैद सजायको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।