काठमाडौं- सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ।
बुधबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरि ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ७३ हजार ४ सय रुपैयाँ तोकिएको छ। बुधबार सुन तोलामा ७२ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि आकाशिएको छ। चाँदीको मूल्य तोलामा ८९५ रुपैयाँ पुगेको छ। दुई दिनको अन्तरमा चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।