काठमाडौं– नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा भएको विस्फोटमा घाइते हुनेमा चार जना महिला सैनिक रहेका छन्।
घाइते हुने महिला सैनिकमा २० वर्षीया शर्मिला कार्की, शुषमा कुमाल, १९ वर्षीया राजमाया घले र दीपिका बस्नेत रहेका छन्। विस्फोटमा परी सैनिक विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी पनि घाइते भएका छन्। यीमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार तालिमको क्रममा बिहान ९:३५ मा ग्रिनेड विस्फोट भएको थियो। घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।