• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तीन ठूला नदीको व्यवस्थापनमा कसरी तयार भयो भारत?

खाँडो, पश्चिम राप्ती र वाँणगंगामा भारतीय अनुदान
64x64
नेपाल लाइभ बुधबार, भदौ ११, २०७६  १८:१०
1140x725

राजविराज– नेपालका तीन ठूला नदीको व्यवस्थापन यस वर्षदेखि भारतीय अनुदानबाट हुने भएको छ। सप्तरीको चुरे क्षेत्र हुँदै बग्ने खाँडोसहित पश्चिम राप्ती र वाणगंगा नदीको नियन्त्रण तथा व्यवस्थापनमा भारत सरकारले लगानी गर्नेछ।

भारतले चालु आर्थिक वर्षको आवश्यक बजेटसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकेको खाँडो नदी नियन्त्रण आयोजनाका कार्यालय प्रमुख तथा सिनियर डिभिजनल अधिकृत विष्णुदेव यादवले जानकारी दिए। भारतले ५/७ वर्षसम्म तीनवटै नदीको व्यवस्थापनका लागि अनुदान दिनेगरी दुई देशबीच सहमति बनेको उनको भनाइ छ।

खाँडो नियन्त्रणका लागि १३ करोड
सप्तरीको खाँडो नदी नियन्त्रणका लागि तयार गरिएको लगत स्टिमेटमध्ये यस वर्ष १३ करोड रुपैयाँ प्राप्त भएको छ। जसमध्ये ९ करोड ५८ लाख ४५ हजार ६९८ रुपैयाँ १७ पैसाको ठेक्का लागेको आयोजना कार्यालयले जानकारी दिएको छ।

यस वर्ष ५ प्याकेजमा खाँडो नियन्त्रणका लागि ढुंगा तथा तारजालीको काम हुने प्रमुख यादवले बताए। 'भारतले नेपाल सरकारलाई रकम उपलब्ध गराएपछि असार १७ गते ठेक्काको प्रक्रिया पूरा भएको हो। अन्य सबै काम सकियो, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) स्विकृत हुन बाँकी छ,’ आयोजना प्रमुख यादवले भने, ‘डिपिआर स्विकृत भएपछि असोजदेखि काम सुरु हुन सक्छ।’

यस वर्ष प्याकेज नं १२ (सकरपुरा) देखि प्याकेज नं १६ (पूर्वपश्चिम राजमार्ग) सम्म काम हुनेछ। ११ वटा प्याकेजको काम नेपाल सरकारकै लगानीमा आयोजनाले अघिल्ला वर्षहरुमा सम्पन्न गरेको छ। सकरपुरा क्षेत्रको १२ नं प्याकेजको काम सुनसरीको धरानस्थित आशिष एन्ड स्वामी नारायण जेभीले ठेक्का पाएको छ। कुल २ करोड ४८ लाख ६६ रुपैयाँ ८५ पैसाको लागतमा करिब १ हजार ७ सय मिटर ढुंगा र जालीको काम हुनेछ।

यसैगरी, प्याकेज नं १३ (अपोजिट साइड– तिलाठी) मा २ करोड ५३ लाख ४९ हजार १ सय ४ रुपैयाँ १६ पैसाको काम हुनेछ। यसको ठेक्का धरानकै सूर्य एन्ड सन्सले पाएको छ। प्याकेज नं १४ (राजविराज–भारदह सडक खण्डको तोपा पुलभन्दा माथि) करिब १ हजार ५ सय मिटरको काम काठमाडौंको पुष्पाञ्जली कन्ट्रक्सनले गर्नेछ। यो प्याकेजमा २ करोड ४१ लाख ६६ हजार ४ सय ५७ रुपैयाँ १४ पैसाको ठेक्का स्विकृत भएको आयोजना प्रमुख यादवले बताए।

महादेवा गाउँपालिकास्थित पकरीभन्दा माथिको प्याकेज नं १५ मा काठमाडौंको काष्ठमण्डप कन्ट्रक्सनले २ करोड २३ लाख ४३ हजार ४ सय ४ रुपैयाँ ३८ पैसा बराबरको काम गर्ने र त्यसभन्दा माथिको प्याकेज नं १६ (पूर्वपश्चिम राजमार्गसम्म) मा २ करोड ३७ लाख ३८ हजार ६ सय ६५ रुपैयाँ ६४ पैसा बराबरको तारजाली र ढुंगाको तटबन्ध निर्माण हुने यादवको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक नियमित बजेटबाट चालु आर्थिक वर्ष आयोजनाले ६ करोड रुपैयाँ पाउनेछ। असोजसम्म सोही रकमबाट काम गरिने कार्यालयले जनाएको छ।

साना खोला र मितेरी पुलको पनि सम्भावना
सरकारले खाँडोसँगै आमसोत, दुधेला, जिता र त्रियुगा लगायतका सहायक खोला तथा बेल्ही–कुनौली जोड्ने मितेरी पुललाई पनि डिपिआरमा समावेश गर्न प्रयास गरिरहेको आयोजना कार्यालयले जनाएको छ।

‘डिपिआर स्विकृत नभएकाले प्रयास जारी छ, सम्भावना पनि छन्,’ यादवले भने, ‘भारतीय पक्ष सहमत भयो भने साना खोला र नेपाल–भारत आवतजावतको समस्या पनि सकिन्छ।’ 

Xtrem

Xtrem

हालै सिँचाइ विभागमा सरुवा भएका यादवले विभागमार्फत पनि आफूले खाँडाको योजनालाई गहन ढंगले अघि बढाउने बताए।

लगानी गर्न यसरी तयार भयो भारत
नेपाल हुँदै भारत प्रवेश गर्ने नदी नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालले पटकपटक भारतसँग छलफल गर्दै आएको छ। खाँडोको समस्या समाधान गर्न २०६७ सालदेखि नै नेपाल र भारतपक्षबीच औपचारिक/अनौपचारिक छलफल भइरहेको छ।

यसै क्रममा सन् २०१४ मार्चमा पटनामा भएको दुई देशका जलस्रोत अधिकारीहरुको बैठकमा दसगजा हुँदै भारततर्फ बग्ने नदीको निकासका लागि विस्तृत योजनासहित काम अघि बढाउने सहमति भएको थियो। सहमति अनुसार आव २०७२/७३ मा नेपालको सकरपुरादेखि भारतको विहारस्थित डगमारासम्म ज्वाइन्ट सर्भे गरी संयुक्त कार्ययोजना तयार भयो। भारतको सीमावर्ती क्षेत्र कुनौलीबाट दसगजा हुँदै खाँडको पानी भलुवाही खोलामा खसाउने गरी त्यसबेला तयार भएको कार्ययोजना भारतकै उदासीनताले कार्यान्वयनमा आउन सकेको थिएन।

तर, २०७३ सालपछि हरेक वर्ष खाँडोले नेपाल तथा भारत दुवैतर्फ धनजनको क्षति गर्न थालेपछि भारतीय पक्षले यसमा चासो देखाउन थाले। यसैबीच २०७५ बैसाखमा काठमाडौंमा सम्पन्न प्राविधिक टोलीको बैठकपछि भारतीय पक्ष खाँडोको समस्याप्रति गम्भीर भएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादवको अनुभव छ।

बैठकपछि भारतीय प्राविधिक टोलीले गत जेठ १३ र ०७५ असार १३ गते गरी दुई पटक खाँडोको पैदल निरीक्षण गरेको थियो। ‘बैठकमा हामीले कुरा उठायौं। लगत्तै असारमा भारतीय प्राविधिक टोली खाँडा निरीक्षणमा आयो,’ उनले भने, ‘खाँडोको प्रभाव र असर बुझेका प्राविधिकहरुले दोहोर्‍याएर खाँडोको निरीक्षण गरे।’

पछिल्लो निरीक्षणमा भारत सरकारको गंगा फ्लड कन्ट्रोल कमिसन तथा नेपालस्थित सिँचाइ मन्त्रालय र विभागको प्राविधिक टोलीले सहभागिता थियो। भारतीय प्राविधिक टोलीको नेतृत्व सिकेएल दास र नेपाली प्राविधिक टोलीको नेतृत्व जल उत्पन्न प्रकोप नियन्त्रण विभागकी महानिर्देशक सरिता दवाडीले गरेकी थिइन्। सोही निरिक्षणको प्रतिवेदनपछि भारत सरकार नदी नियन्त्रणमा लगानी गर्न तयार भएको उनको बुझाइ छ।

सप्तरीको रुपनी, महादेवा र तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिका गरी करिब २८ किलोमिटर बहावपछि भारत प्रवेश गर्ने खाँडो खोलाले नेपाल र भारतको दुवैतर्फ बर्सेनि धनजनको क्षति गर्ने गरेको छ। भारतको कुनौली, कमलपुर, हरिपुर, डगमारा लगायतका गाउँबस्ती खाँडोको प्रकोपमा पर्ने गरेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्