काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला उपचारका लागि सिंगापुर छन्।
प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले समान्य रहेको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्।
प्लाज्मा फेरेसिस रगत छान्ने एउटा प्रक्रिया हो। यसले हानिकारक एन्टी बडीलाई हटाउँछ। दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीमा एन्टी बडीको मात्रा बढेको छ। त्यसलाई कम गराई उपचार गराउन उनी सिंगापुरको नेसलन युनिर्भसिटी हस्पिटल पुगेका हुन्।
रिमालले आज ट्विट गर्दै भनेका छन्, 'प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाह आज स्वदेश फर्कनुभएको छ। उहाँका अनुसार यो उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुनेछ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।