काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएका विधेयकका विषयमा शीर्ष तहका नेताहरुसँग छलफल गरेका छन्।
प्रचण्ड निवासमा उपाध्यक्ष वामदेव गौतम,महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुभास नेम्वाङ र भूमि व्यवस्था,सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्याल छलफलका लागि पुगेका थिए। छलफल एक घन्टा चलेको थियो।
संक्रमणकालीन न्याय सम्बन्धि विधेयक, भुमि सम्वन्धि विधेयक तथा नागरिकता ऐनका विषयमा छलफल भएको बताइएको छ। नागरिकता विधेयकमा दश वर्ष भन्दा बढि बसेको अवस्थामा एकपटकको लागि जग्गा तथा आवास उपलब्ध गराउने व्यवस्था प्रति विरोध भएको थियो।
नेपाली नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकको मुख्य दफामै सहमति जुट्न सकेको छैन।
राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति हुन नसकेपछि नेकपा नेता विजय सुब्बा संयोजक रहेको उपसमितिलाई जिम्मेवारी दिइएको थियो। अंगिकृत नागरिकतका विषयमा सहमति हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।