काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसको बिदा डेटिङ जान र बियर खान नदिइएको बताएका छन्।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।
'त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेन्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेन्डलाई भेट्न जानका निम्ति दिएको होइन,' उनल भने, 'फाइनल कुरा यही हो। सिधा सिधा। राष्ट्रिय दिवस नै मनाउन दिएको हो।'
संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ-आफ्नो स्थानबाट योगदान दिन सबैलाई उनले आग्रह गरेका थिए।
सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफूले गरेको बताए।
संविधान दिवस अन्तर्गत गरिने कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए।
संविधान दिवस मूल समारोह समिति अन्तर्गत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसिमितिले बुधबार संचारक्षेत्रसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।